आगोलागीबाट सातवटा बाख्रा र एउटा गाई जले

<span class='c1'>आगोलागीबाट सातवटा बाख्रा र</span> <span class='c2'>एउटा गाई जले</span>

विराटनगर । मोरङ बुढिगंगा गाऊपालिका ६ कोयलपुरका जंग बहादुर तामाङको गाई गोठमा आगोलागी हुँदा गोठ सहित ७ वटा बाख्रा, १ वटा गाई जलेर मरेका छन् । आगलागीमा २ वटा बाख्रा र १ वटा गाई घाईते भएका छन् ।

गएराती २ बजे तामाङको गाईगोठमा आगोलागी हुन साथ प्रहरी र स्थानियको सहयोगमा बिहानको राती ३ बजे आगो पुर्ण रुपमा नियन्त्रणमा आएको हो । उक्त आगो गाईगोठमा लामखुट्टे भगाउन बालेको घुरबाट सल्केको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । सो आगोबाट अन्दाजी ३ लाख बराबरको क्षती भएको र अन्य मानबीय क्षती नभएको सो कार्यालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्