जटिल सङ्क्रमितलाई बिएण्डसी पुर्याउने क्रम जारी

<span class='c1'>जटिल सङ्क्रमितलाई बिएण्डसी पुर्याउने</span> <span class='c2'> क्रम जारी</span>

झापा

कोभिड–१९ का तीन जटिल सङ्क्रमितलाई थप उपचारार्थ झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा पुर्या इएको छ । भेन्टिलेटर सहित सघन उपाचार कक्ष(आइसियू) तथा अक्सिजनको अभाव भएपछि काठमाडौँका दुई र काभ्रपलाञ्चोकका एक सङ्क्रमितलाई ‘हवाई बेड लिफ्ट’ गरी आज सो अस्पतालमा लगिएको हो ।

यहाँस्थित ग्राण्डि अन्तराष्ट्रिय अस्पलतालका उपचाररत सोलखुम्बुका ५० वर्षीय सार्कि शेर्पा , मनमोहन मेमोरियल अस्पतालबाट दोलखाका ५५ वर्षीय चन्द्रबहादुर लाखे र काभ्रेका ३६ वर्षीय सुशीला योगी ‘हवाई बेड लिफ्ट’ गरी बीएण्डसी उपचारार्थ आएका अस्पतालका जनसम्पर्क तथा सूचना अधिकृत प्रमिश गिरीद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । अस्पतालले कोभिड–१९ का बिरामीलाई उपचार गर्न आइतबारदेखि २०० श्यया सञ्चालनमा ल्याएको थियो । अस्पतालमा हालसम्म अक्सिजनको अभाव नरहेको विज्ञप्तिमा उल्लेख छ ।

मौज्दात रहेका ६५ भेन्टिलेटर सहित सघन उपाचार कक्ष (आइसियू) मध्ये गम्भीर सङ्क्रमितका लागि ५० श्यया छुट्याइएको र ६० चिकित्सक सहित आवश्यक स्वास्थ्यकर्मी तयारी अवस्थामा रहेका पनि अस्पतालले जनाएको छ । अस्पतालले २५ श्यया मात्र कोरोनाका बिरामीलाई छुट्याएको थियो ।

पूर्वाञ्चल क्यान्सर अस्पताल र बिएण्डसी अस्पताल गरी कूल ९०० श्यया रहेको छ । विशेष गरी कोभिडका बिरामीलाई क्रिटिकल केयर र एनेस्थेसियाका वरिष्ठ चिकित्सक राजिव श्रेष्ठ, फिजिसियन चिकित्सकद्वय लक्ष्मण ठाकुर र करुण पोखरेल तथा अर्थाेका इन्साक खाँन लगायतले सेवा प्रदान गरिरहनुभएको छ ।

विज्ञप्तिमा महामारीको वर्तमान विषम अवस्थामा अस्पतालले सङ्क्रमितलाई उपलब्ध आफ्नो श्रोत साधनले भ्याएसम्म उपचार सेवा प्रदान गर्न प्रतिवद्ध रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्