संक्रमणका कारण बाँकेमा उपचाररत थप १५ संक्रमितको मृत्यु

<span class='c1'>संक्रमणका कारण बाँकेमा उपचाररत </span> <span class='c2'>थप १५  संक्रमितको मृत्यु</span>

नेपालगञ्ज

कोरोना भाइरस संक्रमणका कारण बाँकेका अस्पतालहरुमा उपचार गराईरहेका थप १५ जना संक्रमितको मृत्यु भएको छ । संक्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगञ्ज स्थित भेरी अस्पतालमा ८ जना, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ३ जना, आर्मि अस्पतालमा २ जना र होम आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका एकजना गरि थप १५ जनाको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकलपर्सन तेज ओलीका अनुसार उनिहरुको मृत्यु सोमबार रातीदेखि मंगलबार दिउँसोसम्म भएको हो ।
उहाँका अनुसार मृत्यु हुनेहरुमा बासगढी नगरपालिका–९ बर्दियाका ७३ वर्षिय पुरुष, नेपालगञ्ज उपमहानगरपालिक–१० बाँकेका ६८ वर्षिय पुरुष, गुलरिया नगरपालिका–६ बर्दियाका २१ वर्षिय पुरुष, सिस्ने गाउँपालिका–३ रुकुम पूर्वका ५३ वर्षिय पुरुष हुनुहुन्छ ।

त्यस्तै बारबर्दिया–६ बर्दियाका ६३ वर्षिया महिला, खजुरा गाउँपालिका–३ बाँकेका ५२ वर्षिय पुरुष, जानकी गाउँपालिका–४ बाँकेका ४५ वर्षिया महिला, बढैयाताल गाउँपालिका–३ बर्दियाका ७८ वर्षिया महिलाको समेत कोभिड संक्रमणका कारण मृत्यु भएको छ ।

यसैगरि कञ्चनपुर पुनर्वास ३ का ६१ वर्षिय पुरुष, बासगढी बर्दियाकी ४२ वर्षिया महिला र ठाकुरबाबा ३ बर्दियाका ४५ वर्षिय पुरुषको पनि उपचारकै क्रममा मृत्यु भएको फोकल पर्सन ओलीले बताउनुभयो ।
सोही प्रकारले बासगढी नगरपालिका–५ बर्दियाका ६० वर्षिय पुरष र कोहलपुर नगरपालिका–८ बाँकेका ६२ वर्षिय पुरुषको मृत्यु भएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार भेरी अस्पतालमा बढैयाताल–१ बर्दियाका ८५ वर्षिय पुरुषको समेत कोभिड संक्रमणका कारण मृत्यु भएको छ ।

यसैगरि एन्टिजेन विधिबाट परीक्षण गर्दा कोभिड पुष्टि भएर होम आइसोलेसना बस्नुभएका खजुरा गाउँपालिका–२ बाँकेका ८८ वर्षिय पुरुषको समेत मृत्यु भएको छ । योसँगै बाँकेमा हालसम्म उपचारका लागि जिल्ला बाहिरबाट आएका १४८ जना र बाँकेकै १९७ जनाले कोरोनाबाट ज्यान गुमाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्