करेन्ट लागेर एक बालकसहित दुईजनाको मृत्यु

<span class='c1'>करेन्ट लागेर एक</span> <span class='c2'>बालकसहित दुईजनाको मृत्यु</span>

विराटनगर । भोजपुर पौवादुम्मा गाऊपालिका १ अरुणडाडा का ३० बर्षीय निमा दावा शेर्पाको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान साढे १० बजे बिजुलीको लाईन बिग्रीएकोले उनि साथीहरुसंग आफ्नै घर छेउमा रहेको ट्रान्समिटरमा भर्‍याङ लगाई चड्ने क्रममा करेन्ट लागी अन्दाजी २५ फिट माथीबाट खस्दा घटनास्थलमानै मृत्यु भएको छ । घटनाको बारेमा जानकारी पाऊन साथ ईलाका प्रहरी कार्यालय तिवारीभंज्याङबाट टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।

यसैगरी धनकुटाको धनकुटा नगरपालिका ५ बाल मन्दिर स्थितमा बस्ने राजु श्रेष्ठको छोरा १० बर्षीय संजोग श्रेष्ठको करेन्ट लागी मृत्यु भएको छ । सोमबार बेलुका ६ बजे आफ्नै घरमा बिजुलीको होल्डरमा बल्ब लगाउने क्रममा करेन्ट लागी घाइते भएका बालकको जिल्ला अस्पताल धनकुटमा उपचारको क्रममा बेलुका सँवा ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्