प्रदेश १ का विभिन्न अस्पतालमा थप १४ जना संक्रमितको मृत्यु

<span class='c1'>प्रदेश १ का विभिन्न अस्पतालमा</span> <span class='c2'>थप १४ जना संक्रमितको मृत्यु</span>

विराटनगर । मोरङ, सुनसरी र झापाका अस्पतालमा थप १४ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ४, कोशी कोभिड उपचार केन्द्रमा ४, नोबेल मेडिकल कलेजमा ३, विराटनगर अस्पतालमा १, विराट मेडिकल कलेजमा १ र मेची प्रादेशिक अस्पताल भद्रपुरमा १ जनाको मृत्यु भएको हो ।

विराट मेडिकल कलेजमा विराटनगर महानगरपालिका–६ की ७० वर्षीया वृद्धा महिलाको मङ्गलबार बिहान मृत्यु भएको छ । कोरोना संक्रमित उनलाई वैशाख १९ गते भर्ना गरिएकोमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । यस्तै विराटनगर अस्पतालमा धनुषाको विदेह–५ का ५५ वर्षीय पुरुषको मंगलबार बिहान ९ बजे मृत्यु भएको छ । कोरोना संक्रमणपछि वैशाख २४ गते अस्पताल भर्ना गरिएका उनको उपचारको क्रममा मृत्यु भएको हो ।

विराटनगरकै नोबेलमा मेडिकल कलेजमा विराटनगर–१६ का ५२ वर्षीय पुरुषको बिहान ४ बजे मृत्यु भएको छ । कोरोना सङ्क्रमण भएपछि वैशाख २० गते उपचारका लागि अस्पताल भर्ना गरिएका उनको उपचारको क्रममा मृत्यु भएको नोबेलका प्रवन्धक नारायण दाहालले बताए ।
नोबेलमै धनुषाको जनकपुर–४ का ५२ वर्षीय पुरुषको मृत्यु भएको छ । वैशाख २२ गते भर्ना भएका उनको बिहान ४ः३० बजे मृत्यु भएको हो ।
उदयपुरको त्रियुगा नगरपालिका–८ का ५५ वर्षीय पुरुषको पनि नोबेलमै मृत्यु भएको छ । वैशाख २६ गते अस्पतालको आइसोलेसनमा भर्ना गरिएका उनको बिहान ६ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
यस्तै त्रियुगा–५ का ५० वर्षीय पुरुषको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको छ । उनलाई वैशाख २५ गते अस्पताल भर्ना गरिएको थियो । उनको मंगलबार बिहान १ः३० बजे मृत्यु भएको अस्पतालका संयोजक बैद्यनाथ साहले बताए ।
झापाको दमक नगरपालिका–८ की ५६ वर्षीया महिलाको मंगलबार बिहान पनि कोशीमै मृत्यु भएको छ । उनी वैशाख १६ गते अस्पताल भर्ना भएकी थिइन् ।
यसैगरि विराटनगर–१० का ६८ वर्षीय वृद्धको कोशी कोभिडमै सोमबार राति मृत्यु भएको छ । उनी वैशाख १३ गते अस्पताल भर्ना भएका थिए ।

यसैगरि सुनसरीको धरान ३ का ४६ वर्षीय पुरूषको उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको छ । वैशाख २१ गते कोरोना संक्रमण देखिएपछि अस्पतालमा भर्ना गरिएका उनको १२ः४८ बजे मृत्यु भएको हो ।
बीपीमा मोरङको विराटनगर १४ र सुनसरीको कोशी गाउँपालिका १ का पुरुषको सोमबार राति मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.चुरामणी पोखरेलका अनुसार विराटनगर १४ का ४८ वर्षीय पुरुषको राती ९ बजे मृत्यु भएको हो । उनलाई सोमबार नै कोरोना संक्रमण पुष्टि भएर प्रतिष्ठानमा भर्ना गरिएको थियो ।

कोशी गाउँपालिका १ का ४३ वर्षीय पुरुषको पनि राति ९ बजेर ५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानले जानकारी दिएको छ । उनलाई वैशाख १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने प्रतिष्ठानमा १६ गते भर्ना गरिएको थियो ।
धनकुटाका कोरोना भाइरस संक्रमित दुई जनाको मृत्यु भएको छ । चौबिस घण्टाको अवधिमा उनीहरुको मृत्यु भएको हो । बीपी कोराइला स्वास्थ्य प्रतिष्ठान धरानमा उपचाररत धनकुटाको छथर जोरपाटी गाउँपालिका–४ का ७७ वर्षीय पुरुष संक्रमितको सोमबार अपरान्ह मृत्यु भएको थियो ।

यसैगरि कोरोना संक्रमणबाट इलाममा थप एकजनाको मृत्यु भएको छ । माईजोगमाई गाउँपालिका–५ का ९४ वर्षीय वृद्धको मंगलबार मृत्यु भएको हो । गत वैशाख १३ गते स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि अस्पताल लगिएका उनमा वैशाख १४ गते कोरोना देखिएको थियो । झापाको भद्रपुरस्थित मेची अञ्चल कोभिड अस्पतालमा राखिएका उनको उपचारको क्रममा मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्