बिराटनगर जुनियर जेसीजद्वारा भर्चुअल ओराटोरी कन्टेस्ट सम्पन्न

<span class='c1'>बिराटनगर जुनियर जेसीजद्वारा  भर्चुअल</span> <span class='c2'> ओराटोरी कन्टेस्ट सम्पन्न</span>

बिराटनगर

मातातिर्थ औशीको अवसरमा आज बिराटनगर जुनियर जेसीजद्वारा भर्चुअल ओराटोरी कन्टेस्ट सम्पन्न भएको छ। "माइ मदर माई प्राइड " विषयमा आयोजित उक्त कार्यक्रम जूम क्लाउड मिटिंग एपद्वारा सञ्चालन गरेको आयोजक समितिले जनाएको छ। जसमा जुनियर जेसी स्लाेक काेईराला प्रथम , जुनियर जेसी शिक्षा राई द्वितीय , जुनियर जेसी सरु पराजुली र जुनियर जेसी अंकिता बिश्वस थारु तृतीय भएका छन्।

उक्त कार्यक्रमका चिफ जजमा बिराटनगर जेसीजका भुतपूर्व अध्यक्ष जेसी .देवेश प्रधान र जजमा बिराटनगरका प्राध्यापक रवि कटुवाल रहेका थिए । कार्यक्रममा बिराटनगर जुनियर जेसिजका संस्थापक अध्यक्ष जेसी डा. संदेशदास श्रेष्ठ ,बिराटनगर जेसिजका अध्यक्ष जेसी प्रदीप दाहाल, पोखरा लेडि जसिजका अध्यक्ष जेसी विनिता सापकोटा लगायत पदाधीकारिहरु ,बिराटनगर जुनियर जेसीजका विभिन्न वर्षका पूर्व अध्यक्षहरु , बिराटनगर जुनियर जेसिजका बोर्डका पदाधिकारी तथा सदस्यहरु , विभिन्न शाखा अध्यक्ष लगायतकाे उपस्थिति रहेकाे थियाे ।

साे तालिमकाे संयाेजक जुनियर जेसी अमित यादव रहेका थिए भने साे कार्यक्रमकाे सभापितत्व विराटनगर जुनियर जेसीजकी अध्यक्ष जु. जेसी जीना शर्माले गरेकी बिराटनगर जुनियर जेसीज कि वर्ष २०२१ कि सह- सचिव जु.जे प्रतिक्षा न्याैपानेले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्