प्रदेश १ मा संक्रमितको उपचार भईरहेका नौ अस्पताल भरिदैं, चिकित्सकको आग्रह–सतर्क भए ज्यान जोगिन सक्छ

<span class='c1'>प्रदेश १ मा संक्रमितको उपचार भईरहेका नौ अस्पताल</span> <span class='c2'>भरिदैं, चिकित्सकको आग्रह–सतर्क भए ज्यान जोगिन सक्छ</span>

विराटनगर

कोरोना संक्रमितको उपचारमा खटिरहनु भएका डाक्टर डेनप्रसाद आचार्यले बुधबार आफ्नो फेसबुक पेजमा लेख्नु भएको छ–अस्पतालमा अक्सिजन बेड छैन, आईसीयू र एचडीयूका कुुरा पर । बिरामीका आफन्तले बेडका लागि कुरा गरिरहनुहुन्छ तर म विवश छु । त्यसैले समय हुँदै आफैं जोगियौं । बाँकी भोलि हेरौला । समयमै जाँच गरे सतर्क भए ज्यान जोगिन सक्छ ।

उपचारमा संलग्न चिकित्सकको यो आग्रह सर्वसाधारण नागरिकसम्मले गम्भीरता पूर्वक बुझ्नुपर्ने अवस्था प्रदेश १ मा सिर्जना भईसकेको छ । संक्रमितको सघन उपचारका निम्ति प्रदेशभरका नौ अस्पतनालमा चाप बढ्दै गएको छ ।
उच्च जोखिम मानिएको डबल मुट्याण्ट भेरिएन्टको कोरोना महामारीले अस्पतालका बेडहरु गम्भीर प्रकारका बिरामीले भरिदैं गएका छन् । उपचारमा संलग्न चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीले बिरामीको अवस्था हेरेर अन्य सर्वसाधारणका लागि बारम्बार सचेत रहन अपिल दोहोर्याइरहेका छन् । अस्पतालका आईसीयू बेड भरिएका छन् । आईसीयूमा राख्नुपर्ने प्रकृतिका बिरामीका आफन्त बेड खोज्दाखोज्दै थकित भईरहेका छन् ।

प्रदेश १ का नौवटा अस्पतालमा एक हजार ९४ बेड क्षमता रहेको छ । क्षमता अनुसार बिरामीको संख्या हाराहारी छन् । मंगलबार साँझसम्म ७३२ जना संक्रमित अस्पतालमा भर्ना गरिएका छन् । पाँच सरकारी तथा ४ निजी अस्पतालमा कोरोना संक्रमितको उपचार भईरहेको छ ।

यी अस्पतालहरुको आइसीयू मा १६४, भेन्टिलेटरमा २८, एचडीयूमा २६३, आइसोलेसनमा ४५ र जेनरलमा २६२ जना संक्रमितहरुको उपचार भईरहेको छ । पछिल्लो समय संक्रमित ८ हजार ८३२ जनामध्ये ८ हजार १२० जना होम तथा स्थानीय तहले सञ्चालन गरेका आईसोलेशनमा रहेको प्रादेशिक आपत्कालिन स्वास्थ्य कार्यसञ्चालक केन्द्रले जानकारी दिइएको छ ।
कोशीको कोभिड १९ उपचार केन्द्र विराटनगरमा ९६ शैया मध्ये ९० शै्यामा संक्रमित भर्ना गरेर उपचार भईरहेको छ । जसमध्ये जनरलमा ७, आईसीयूमा २१, एचडीयूमा ४७ र भेन्टिलेटरमा १५ जना छन् ।

नोबेल मेडिकल कलेजमा १९७ शै्यामा संक्रमितको उपचार भईरहेको छ । अस्पतालका प्रवन्धक नारायण दहालका अनुसार जेनरलमा १५५, आईसीयूमा ३९ र भेन्टिलेटरमा ३ जनाको उपचार भईरहेको हो । बुढीगंगा–२ टंकीसिनवारीस्थित विराट मेडिकल कलेजले सञ्चालन गरेको २८० शै्या क्षमताको कोभिड उपचार केन्द्रमा २५४ जना संक्रमितको उपचार भइरहेको इन्चार्ज सुनिल देवले जानकारी दिनुभयो । आईसीयूमा ६०, पीआईसीयूमा ६, एआईसीयूमा ३, एचडीयूमा १३७ र डिलक्समा ४८ जनाको उपचार भईरहेको इञ्चार्ज देवले बताउनुभयो ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सय बेडको कोभिड अस्पतालमा ६४ जना संक्रमितहरुको उपचार भईरहेको छ । अस्पतालका सह–प्रवक्ता डा.चुरामणी पोखरेलका अनुसार आइसीयूमा ९, भेन्टिलेटरमा १, एच.डी.यु मा २५ र जेनरलमा २९ जनाको उपचार भईरहेको हो । झापाको भद्रपुरमा मेची अस्पतालको १०० शैयामध्ये ६६ बेडमा संक्रमित भर्ना भएका छन् । अस्पतालमा ५० शै्याको एचडीयू र ५० शै्या जनरल वार्ड रहेका छन् । जसमध्ये जनरलमा २४ र एचडीयूमा ४२ जना बिरामी रहेका हुन् ।

२०० शै्या क्षमता रहेको बि एण्ड सी अस्पतालमा ५२ जना संक्रमितहरुको उपचार भईरहेको जानकारी दिइएको छ । जसमध्ये आई.सि.यु मा ३५ र एच.डि.यु मा १२ र जेनेरलमा ५ जनाको उपचार भईरहेको अस्पतालले जनाएको छ । संक्रमितको उपचारका निम्ति अस्पताललले ५० बेडको आई.सि.यु र २० बेडको एच.डि.यु सेवा सञ्चालन ल्याएको छ ।
धनकुटामा २६ शै्यासहित सञ्चालन भएको धनकुटा अस्पतालमा ५ जना संक्रमितहरुको उपचार भईरहेको छ । बढ्दो संक्रमण दरले अस्पतालको बेड केही दिनमै भरिने अवस्था देखिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. पुजन विश्वकर्माले जानकारी दिनुभयो । अस्पतालमा आई.सि.यु. छैन ।

संखुवासभामा ४५ बेड क्षमताको सेवा सहित सञ्चालनमा आएको संखुवासभा अस्पतालमा पनि ३४ जना संक्रमितहरुको उपचार भईरहेको छ । अस्पतालमा ११ बेड खाली छन् । संक्रमितको संख्या बढ्दै गएपछि खाँदबारी नगरपालिकाले अस्पतालमा २४ बेड थप्ने निणर्य समेत गरेको छ । तर, अस्पतालमा आईसीयू सहितको सेवा छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्