वर्ल्डलिंक संचालक जलानको कोरोनाका कारण मृत्यु

<span class='c1'>वर्ल्डलिंक संचालक जलानको</span> <span class='c2'>कोरोनाका कारण मृत्यु</span>

काठमाडौं

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका सञ्चालक तथा निर्देशक विजय जलानको निधन भएको छ । कोभिड संक्रममित उनको काठमाडौं स्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा आज विहान निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका सह संस्थापक समेत रहेका ४७ वर्षीय जलान इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आईस्पान) का कार्यकारी सदस्य समेत हुन् ।साथै उनि वर्ल्डलिंकको स्थापना कालदेखि नै व्यवस्थापकीय भूमिकामा थिए ।

कोभिड संक्रमित जलान करिब १५ दिनअघि अस्पताल भर्ना भएका थिए। अस्पताल भर्ना पछि उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्