विराटनगरको कोशी कोभिड अस्पतालबाट भागे संक्रमित, वसन्तपुर घर भएका उनी सम्पर्कविहीन

<span class='c1'>विराटनगरको कोशी कोभिड अस्पतालबाट भागे संक्रमित,</span> <span class='c2'>वसन्तपुर घर भएका उनी सम्पर्कविहीन</span>

विराटनगर । कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएका एकजना कोरोना संक्रमित अस्पतालबाटै हराएका छन् । तेह्रथुमको लालिगुराँस नगरपालिका–२ वसन्तपुरका ५७ वर्षीय तुलाराम श्रेष्ठ नाम गरेका संक्रमित बुधबार (हिजो) देखि अस्पतालबाटै हराएका हुन् ।

कोशी कोभिडका फोकल पर्सन बैजनाथ साहका अनुसार कोरोना संक्रमण पुष्टि भएपछि उनलाई बैशाख २७ गते अस्पतालमा भर्ना गरिएको थियो । जेनेरल वार्डमा भर्ना गरिएका उनमा मानसिक समस्या जस्तो देखिएको थियो । उनले कुनै नशा छुटेजस्तो व्यवहार दोहो¥याउने गरेका थिए, साहले भन्नुभयो–बाहिर निस्कन बारम्बार प्रयास गरेका कारण अन्य संक्रमितको उपचारमा समेत समस्या पारिरहेका थिए ।

बारम्बार बाहिर–भित्र गरिरहने गरेका कारण अस्पतालका चिकित्सक र नर्सलाई हैरान दिईरहेका उनी कसरी भागे भन्ने अmभै यकिन भएको छैन ।  शै्याामा लगेर राखिएको थियो, पछि राउण्डमा जाँदा थिएनन् साहले भन्नुभयो–कताबाट कसरी निस्के पत्तो छैन । त्यसपछि उनका अभिभावकलाई जानकारी गराएपनि अहिलेसम्म सम्पर्कमा पुगेनपुगेको खबर नआएको साहले बताउनुभयो ।

अस्पतालमा रहेका सुरक्षाकर्मीदेखि अन्य स्वास्थ्य कर्मचारीले समेत थाहा नपाउने गरि उनी पछाडीबाट भागेको हुनसक्ने अनुमान गरिएको छ । परिवारलाई अस्पताल प्रशासन र सुरक्षा निकायले बारम्बार सम्पर्क गरिरहेको भएपनि अहिलेसम्म अस्पतालबाट हिँडेका व्यक्तिको खबर पत्ता नलागेको साहले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्