पश्चिम बंगालमा १५ दिनलाई कडा लकडाउन घोषणा, मुख्यमन्त्रीको भाईको संक्रमणबाट मृत्यु

पश्चिम बंगालमा १५ दिनलाई कडा लकडाउन घोषणा, मुख्यमन्त्रीको भाईको संक्रमणबाट मृत्यु

भारतीय राज्य पश्चिम बंगालमा कोरोना संक्रमण तिब्र भएपछि आगामी १५ दिनको लागि कडा लकडाउन घोषणा गरिएको छ । १६ देखि ३० मे सम्मका लागि घोषणा गरिएको लकडाउनमा मेट्रो र बसको सेवाहरु पनि पुर्णरुपमा बन्द गर्ने घोषणा गरीएको छ ।

मुख्यमन्त्री ममता बनर्जीको भाई असीम बनर्जीको कोरोना संक्रमणबाट मृत्यु भएपछि लकडाउनलाई झन् कडा बनाइएको हो । उनी विगत एक महिनादेखि कोलकाताको मेडिका सुपरस्पेशियालिटि अस्पतालमा उपचाररत थिए ।

बंगालमा हाल दैनिक २० हजार भन्दा बढिमा संक्रमण देखिरहेको छ। विगत २४ घण्टामा २० हजार ८ सय ४६ जनामा संक्रमण देखिएको छ भने १ सय ३६ जनाको मृत्यु भएको थियो ।

पश्चिम बंगालका मुख्य सचिव आलापन बंन्धोपाध्यायका अनुसार अत्यन्त जरुरी बाहेकको सबै सेवाहरु बन्द गरिएको छ । यद्यपी विवाहहरुमा बढिमा ५० जना र अन्तिम संस्कारमा अधिक्तम २० जना सहभागी हुन मिल्नेछ ।
भर्खरै सम्पन्न निर्वाचनका कारण कोरोना संक्रमणमा तिब्रता आउने आंकलन विज्ञहरुले पहिले देखि नै गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्