धनगढीलाई पराजित गर्दै काठमाडौँ नेपाल सुपर लिगको च्याम्पियन

धनगढीलाई पराजित गर्दै काठमाडौँ नेपाल सुपर लिगको च्याम्पियन

धनगढी एफसीलाई पराजित गर्दै काठमाडौंँ रेजर्स एफसी पहिलो संस्करणको नेपाल सुपर लिग(एनएसएल) फुटबलको च्याम्पियन बनेको छ । धनगढीलाई १–० गोल अन्तरले हराउँदै काठमाडौंँ एनएसएलको पहिलो उपाधि चुम्न सफल भएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंँका लागि विदेशी मेसौके ओलोमोउले निर्णायक गोल गर्नुभएको हो । उहाँले खेलको २१ औैं मिनेटमा सो गोल गर्नुभएको थियो । ओलोमोउ नै लिगमा कुल आठ गोल गर्दै प्रतियोगिताको सर्वाधिक गोलकर्तासमेत बन्नुभयो । उपाधिसँगै काठमाडाँैंले रु ३५ लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता धनगढीले रु १५ लाख प्राप्त गरेको छ ।
खेलको २९ आँैं मिनेटमा ओलोमोउको फ्रिकिक प्रहार गोलपोष्ट नजीकैबाट बाहिरिएको थियो । खेलको ३० औैं मिनेटमा छिरिङ गुरुङले अवसर पाए पनि गोल गर्नबाट चुक्नुभयो । पहिलो हाफको इन्जुरी समयमा पनि काठमाडौंका ओलोमोउले प्रहार गरेको बल गोलमा परिणत हुन सकेन ।

मध्यान्तरपछि खेलको ५५ औं मिनेटमा धनगढीका अशोक खवासको प्रहारलाई काठमाडाँैंका गोलकिपर विकेश कुथुले जोगाउनुभयो । खेलको ६५ औंँ मिनेटमा काठमाडौँका स्टेफेन बिनोङले हानेको बललाई धनगढीका गोलकिपर किरण चेम्जोङले गोल हुनबाट रोक्नुभयो । यस्तै खेलको ७५ औंँ मिनेटमा काठमाडौंँका ओलोमोउको लामो प्रहार खेर गयो । खेलको ८२ औं मिनेटमा धनगढीका टंक बस्नेत गोल गर्नबाट चुक्नुभयो । खेलको ९० औंँ मिनेटमा काठमाडौंका बिनोङले हानेको बल गोलमा परिणत हुन सकेन ।
काठमाडौंँले धनगढीसँग लिग चरण र प्लेअफमा ब्यहोरेको हारेको बदला आजको फाइनल खेलमा लिएको थियो । फाइनल खेलको उदीयमान खेलाडी काठमाडौंँका राजन गुरुङ घोषित हुनुभयो । यस्तै काठमाडौंँकै फ्लोरेन्ट कोरा प्लेयर अफ दि म्याच घोषित हुनुभयो । दुवै जनाले जनही रु २५ हजारसहित ट्रफी प्राप्त गर्नुभयो । नेपाल स्पोर्टस एन्ड इभेन्ट्स म्यानेजमेन्टले आयोजना गरेको प्रतियोगितामा सात फ्रेन्चाइज टोलीले भाग लिएका थिए ।
कोभिड –१९ का कारण प्रतियोगितामा दर्शकलाई खेलको अवलोकन गर्न अनुमति दिइएको थिएन । यही वैशाख ११ गतेदेखि शुरु भएको प्रतियोगितामा काठमाडाँैं र धनगढीसहित एफसी चितवन, विराटनगर सिटी एफसी, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा भएको थियो । राउण्ड रोबिन लिगपछि शीर्ष चार टोलीले प्ले अफ खेल्दै फाइनलसम्म स्थान बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्