एमाले नेता ३४ वर्षीय शंकरको कोरोनाका कारण मृत्यु

एमाले नेता ३४ वर्षीय शंकरको कोरोनाका कारण मृत्यु

विराटनगर

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का कार्यालय सचिव तथा जिल्ला बाल संगठन अध्यक्ष ३४ वर्षीय नवराज शंकरको कोरोना संक्रमणका कारण निधन भएको छ। विराट मेडिकल कलेज अस्पतालमा उपचाररत उनको आइतबार बिहान करिब ४ बजे निधन भएको हो।
स्वासप्रश्वासमा निकै समस्या भएपछि शंकरलाई एक हफ्तादेखि इन्टेन्सिभ केयर युनिट (आइसियु)मा राखिएको थियाे। शनिबार उनको स्वास्थ्यमा केही सुधार आएको भएपनि आज (आइतबार) बिहान उनको मृत्यु भएको छ

निकै क्षमतावान् नेताका रूपमा मानिने शंकर देउमाई नगरपालिकाका बासिन्दा भएपनि करिब डेढ दशकयता सदरमुकाममा बस्दै आएका थिए । विद्यार्थी जीवनदेखि निकै सक्रिय र तीक्ष्ण रहेका उनि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष र महेन्द्ररत्न बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन कोषाध्यक्षसमेत भइसकेका थिए।

जिल्ला युवा समितिको अध्यक्षपछि उनी केही महिनाअघि बाल संगठनको अध्यक्ष मनोनित थिए। स्पष्टवक्ता भएकै कारण सम्भावना बोकेका युवा नेताका रूपमा जिल्लामा चर्चित शंकरलाई गत वैशाख २२ गते कोरोना पुष्टि भएको थियो। शंकरका बुबा, आमा, श्रीमती र डेढ वर्षकी छोरी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्