विराटनगरका तीन अस्पतालमा १२ जनाको मृत्यु

<span class='c1'>विराटनगरका तीन अस्पतालमा</span> <span class='c2'>१२ जनाको मृत्यु</span>

विराटनगर । विराटनगरका विभिन्न अस्पतालमा कोरोना संक्रमित उपचारतः १२ जना नागरिकको मृत्यु भएको छ । कोसीको कोभिड–१९ उपचार केन्द्र, नोबेल मेडिकल कलेज, विराट मेडिकल कलेजमा भर्ना भएका १२ जनाको मृत्यु भएको हो ।

नोबेलमा ७, कोशीमा ३ र विराट अस्पतालमा २ जनाको मृत्यु भएको सम्बन्धित अस्पतालले जनाएको छ । शनिबार अपरान्हदेखि आइतबार बिहान ४ बजेसम्‍म १२ जनाको मृत्यु भईसकेको छ । नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालका अनुसार मोरङको पथरीशनिश्चरे नगरपालिका–१ की ६४ वर्षीया वृद्धा महिलाको बिहान १ बजे मृत्यु भएको छ। उनलाई वैशाख २३ गते अस्पताल भर्ना गरिएको थियो ।

विराटनगर महानगरपालिका–१ का ३५ वर्षीय पुरुषको राति ११ः३० बजे मृत्यु भएको छ । पीसीआर परीक्षण गराउँदा कोरोना पुष्टि भएका उनलाई उपचारका लागि शनिबार दिउँसो मात्रै अस्पताल भर्ना गरिएको थियो । उदयपुरको बेलटारका ५६ वर्षीय पुरुषको राति १०ः५६ बजेतिर नोबेलमै मृत्यु भएको हो । उनलाई वैशाख २६ गते ल्याइएको थियो । विराटनगर–४ का ५२ वर्षीय पुरुषको राति १०ः२५ बजेतिर मृत्यु भएको हो । मृतकलाई वैशाख ३१ गते भर्ना गरिएको थियो ।

सुन्दरहरैँचा नगरपालिका–९ का ६० वर्षीया वृद्धा महिलाको शनिबार दिउँसो ४ः१५ बजेतिर मृत्यु भएको हो । उनलाई वैशाख २७ गते अस्पताल भर्ना गरिएको थियो । सिरहाका ६९ वर्षीय पुरुषको दिउँसो ४ः३० बजे मृत्यु भएको छ । उनलाई वैशाख ३१ गते भर्ना गरिएको थियो । सिराहकै ६२ वर्षीय वृद्ध पुरुषलाई उपचारका लागि वैशाख २५ गते अस्पताल भर्ना गरिएको थियो । सङ्क्रमित वृद्धको शनिबार दिउँसो ३ः१५ बजे मृत्यु भएको हो ।

यस्तै कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा तीन जना सङ्क्रमितको मृत्यु भएको छ । बैशाख २४ गते भर्ना गरिएका मोरङको सुनवर्षी नगरपालिका–३ का ५३ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको छ ।
विराटनगर–१ की ३४ वर्षीया महिलाको पनि राति नै मृत्यु भएको छ । उनलाई पनि उपचारका लागि वैशाख २४ गते भर्ना गरिएको थियो । विराटनगर–१४ का ६८ वर्षीय वृद्ध पुरुषको शनिबार राति मृत्यु भएको हो । वृद्धलाई शनिबार दिउँसो भर्ना गरिएको थियो ।
यस्तै विराट मेडिकल कलेजमा दुई सङ्क्रमितको मृत्यु भएको छ । इलामको इलाम नगरपालिका–८ का ३४ वर्षीय पुरुषको आइतबार बिहान ४ बजे मृत्यु भएको छ । सर्लाही लालबन्दीकी ३५ वर्षीया महिलाको विराटमै शनिबार राति १०ः२० बजे मृत्यु भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्