विराटनगरका पुर्व मेयरसहित ११ जना राजदुतका लागि सिफारिस

<span class='c1'>विराटनगरका पुर्व मेयरसहित ११</span> <span class='c2'>जना राजदुतका लागि सिफारिस</span>

विराटनगर

परराष्ट्र मन्त्रालयले ११ देशको राजदुत नियुक्तिको लागि गरेको सिफारिसमा विराटनगरका पुर्व मेयर रमेशचन्द्र पौडेलसँगै सुमित्रा सुवेदी, नारायणप्रसाद संग्रौला, युवराज कार्की लगायतको नाम संलग्न भएको छ ।

श्रीलंकाका लागि राजदूत सिफारिस हुनु भएका तत्कालीन विराटनगर नगरपालिकाका पूर्वमेयर रमेशचन्द्र पौडेल विराटनगरको कलेज रोडका स्थायी बासिन्दा हुनुहुन्छ । उहाँ महेन्द्र मोरङ क्याम्पसमा राजनीतिशास्त्रका पूर्वप्राध्यापक , विराट क्याम्पसका संस्थापक तथा इन्स्चिट्युट अफ पोलिसि रिसर्च एन्ड डेभलपमेन्टका संस्थापक तथा सचिव हुनुहुन्छ । उहाँ हाल प्रस्तावित मदन भण्डारी प्रौद्योगिक विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिका संयोजकका रुपमा कार्यरत हुनुहुन्छ ।

यसै गरि डेनमार्कको राजदुतमा सिफारिस गरिनुभएकि सुमित्रा सुवेदी मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको महिला उपाध्यक्ष हुनु हुन्छ । दमकको स्थायी बासिन्दा उहाँ डेढ दशक भन्दा बढि समयबाट अध्यापनमा आवद्ध हुनुहुन्छ । सामाजिक तथा सार्वजनिक क्षेत्रमा सक्रिय उहाँ अखिल नेपाल महिला संघ, परिवार नियोजन संघ सहित कयौं सहकारी संस्थालगायत विभिन्न सामाजिक तथा राजनैतिक संघसंस्थामा आवद्ध हुनुहुन्छ ।

त्यस्तै दक्षिण कोरियाका लागि राजदूत सिफारिस गरिएको कृष्णचन्द्र शर्मा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा राजनीतिशास्त्र विभागका पूर्वप्रमुख हुनुहुन्छ । यस्तै अस्ट्रेलियाको राजदूतमा प्रस्तावित सुम्निमा तुलाधर बाल कल्याणकारी संस्था सिविन नेपालकी कार्यकारी संयोजकसमेत हुनुहुन्छ ।

यसैगरी रुसका लागि प्रस्तावित जंगबहादुर (जंगब) चौहान रुसी भाषाका ज्ञाता तथा अनुवाद साहित्यमा नाम बनाउनु भएको छ । उहाँ काठमाडौं विश्वविद्यालयमा प्राध्यापनरत हुनुहुन्छ ।

यस्तै, झापाली कम्युनिस्ट राजनीतिमा संलग्न पुराना नेता नारायणप्रसाद संग्रौला म्यान्मारको लागि राजदुतमा सिफारिसमा पर्नु भएको छ। उहाँ काठमाडौंस्थित सहिद रामनाथ बहुमुखी क्याम्पसका पूर्वप्रमुख तथा पद्मकन्या, महेन्द्ररत्न क्याम्पससँग सम्बद्ध राजनीतिशास्त्रका पुर्वप्राध्यापक हुनुहुन्छ ।

साथै बहराईनका लागि राजदुत सिफारिसमा पर्नु भएको युवराज कार्की लामो समय राजनितिमा सक्रिय हुनुहुन्छ भने उहाँ पूर्वमन्त्री समेत हो ।
यस्तै, ब्राजिलको लागि राजदुत सिफारिस हुनु भएको कुलप्रसाद नेपाल पाल्पाका पूर्वसांसद हुनुहुन्छ । यस्तै साउदी अरेबियाको राजदुतमा प्रस्तावित मेराज मुसलमान नेकपा एमालेसम्बद्ध मुस्लिम संगठनका केन्द्रीय सदस्य हुनुहुन्छ ।

यसै गरि परराष्ट्र सेवाबाट सहसचिव निर्मलराज काफ्ले अस्ट्रिया र जीवनप्रकाश श्रेष्ठ इजिप्टका लागि राजदूत सिफारिसमा पर्नु भएको छ। सरकारले राजदूत तथा स्थायी नियोगका प्रतिनिधि नियुक्तिसम्बन्धी निर्देशिका २०७५ अन्तर्गत ५० प्रतिशत परराष्ट्र सेवा र बाँकी ५० प्रतिशत राजनीतिक कोटामा नियुक्ति गर्ने नियम तय गरेको थियो ।

शुक्रबार मात्रै पुनर्नियुक्त परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एक साताअघिकै मन्त्रिपरिषद्ले राजदूतको नाम सिफारिस गरेको जानकारी दिँदै प्रस्तावित नाम संसदीय सुनुवाइ प्रक्रियाका लागि शुक्रबार संसद् सचिवालयमा पठाइएको जानकारी दिनु भयो। लामो समयदेखि रिक्त रहेका र अरू रिक्त स्थानमा पनि एकमुष्ट रूपमा राजदूत सिफारिस गरेर पठाइएको मन्त्री ज्ञवालीले बताउनु भयो ।

प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाइबाट पारित भएपछि बढीमा एक महिनाभित्रमा राजदूत नियुक्ति प्रक्रियामा अघि बढ्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्