विराटनगरको एम्स हस्पिटल कोभिडका विरामी उपचार गर्न तयार

विराटनगरको एम्स हस्पिटल कोभिडका विरामी उपचार गर्न तयार

विराटनगर

विराटनगर ७ हस्पिटल चौक अवस्थित एम्स हस्पिटल एण्ड क्यान्सर सेन्टर प्राईभेट लिमिटेडले विसम पस्थिस्तीमा कोभिडका विरामीको उपचार गर्न तयार रहेको जनाएको छ । पछिल्लो समय विराटनगरमा हरेक ठूला अस्पतालहरुमा आईसियु भेन्टिलेटर तथा हरेक अस्पतालहरु भरिभाउ भईरहेको अवस्थामा एम्स हस्पिटलले विशेषज्ञ चिकित्सकहरुको निगरानीमा कोभिड विरामीका लागी सेवा प्रदान गर्ने जनाएको छ ।

नयाँ संचालक र व्यावस्थापन सहित संचालनमा आएको हस्पिटलमा १५ वेडको आईसियु र ६ वटा एनआईसियुमा भेन्टिलेटर सहितको सेवा प्रदान गर्न लागेको अस्पतालका अध्यक्ष राजकुमार यादवले जानकारी दिनुभयो ।
पछिल्लो समय विराटनगरका अस्पतालहरुमा आईसियु र भेन्टिलेटर नपाईरहेको अवस्थामा जस्तो सुकै विरामीको लागी उपचार गर्न अस्पताल तयारी अवस्थामा रहेको अस्पतालका संचालक तथा अध्यक्ष यादवले बताउनुभयो ।
उहाका अनुसार एम्स हस्पिटल एण्ड क्यान्सर सेन्टरले विशेष गरी स्वास्थ्य विमा कार्यक्रम अन्र्तगत न्यूरो र क्यान्सर सेवा संचालनमा रहेको छ |

त्यसैगरी न्युरो सर्जन, स्त्री रोग विशेषज्ञ, जेनेरल फिजिसियन, छाला तथा यौन रोग विशेषज्ञ, किड्ने तथा मुत्र रोग विशेषज्ञ, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ र नाक कान घाटी सम्बन्धी सम्पुर्ण अप्रशेन तथा उपचार सेवा प्रदान गर्ने अस्पतालले जनाएको छ । अस्पताललमा अन्य अस्पतालहरुको भन्दा फरक र गुणस्तिरीय सामाग्रीहरुबाट विरामीको उपचार तथा सेवामा समर्पित रहेको अस्पतालका चिकित्सकहरुको भनाई छ ।

यसका साथै विशेषज्ञ चिकित्सकहरुद्धारा ओपिडी सेवा, २४ सै घन्टा इमेर्जेन्सी सेवा,प्याथोलोजी ,भिडियो एक्स–रे, तथा क्यान्सर ईक्रेनिङ्ग सेवा प्रदान गर्ने अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्