विराटनगर अस्पतालमा संक्रमित गर्भवती महिलासँगै अन्यलाई राखिएको भन्दै आफन्तको गुनासो

विराटनगर अस्पतालमा संक्रमित गर्भवती महिलासँगै अन्यलाई राखिएको भन्दै आफन्तको गुनासो

विराटनगर । विराटनगर अस्पताल प्रा.लि.(बिराट नर्सिङ्ग) को स्त्री तथा प्रसुती विभागको ब्लकलमा प्रसुती गराउन आएकी महिलामा कोरोना संक्रमण पुष्टि भयो । भर्खरैकी सुत्केरी उनलाई अस्पतालले त्यहि कोठामा आईसोलेट ग¥यो ।
सुत्केरी महिलामा कोरोना संक्रमण देखिएपनि उनको सिटी भ्यालु ३२ रहेका कारण सामान्य अवस्था रहेकोले अन्यलाई नसर्ने चिकित्सकको बुझाई थियो । तर, अस्पतालको गाइने वार्डमा भर्ना भएका अन्य विरामी र आफन्त भने संशकित भएका छन् । संक्रमित महिलालाई गाईने ब्लककै छुट्टै कोठामा राखेको भएपनि अन्यले भने संभावित जोखिम रहेको भन्दै अन्त राखिनुपर्ने माग गरेका छन् ।

गाइने ब्लकमा ६ जना डेलिभरी केस राखिएको छ। जसमा शनिबार बेलुका र आइतबार विहान दुईजना संक्रमित सुत्केरी महिलालाई उपचारका लागि भर्ना गरिएको छ। संक्रमित महिलालाई गाईने ब्लकको छुट्टै क्याबिन रुममा राखिएको भएपनि आउजाउ गर्ने ब्लकको ढोका एउटै भएको गुनासो अन्यले गर्दै आएका छन् । तर, अस्पतालले सावधानीसहित समस्या नहुने बताउँदै आएको छ । विराटनगर अस्पताल प्रशासनका अमित कुशवाहले संक्रमित महिलालाई आईसोलेट गरिसकिएको दावी गर्नुभयो । उहाँले सुत्केरी सबै महिलालाई अस्पतालले एउटै व्यवहार गर्ने भएकोले संक्रमित देखिएपनि सुरक्षित उपचार गरिरहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्