खैरोहिरोईन ब्राउनसुगरसहित तीन जना पक्राउ

खैरोहिरोईन ब्राउनसुगरसहित तीन जना पक्राउ

झापा । झापाको झापा गाँउपालिका–२ स्थितबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित तिन जना पक्राउ परेका छन । पक्राउ पर्नेमा झापा गाँउपालिका–२ का २२ बर्षीय रोशन भुजेल, २१ बर्षीय साजन लिम्बु र ताप्लेजुङ सिरिजंङ्गा–१ का १९ बर्षीय प्रताप लिम्बु रहेका छन ।

पैदल हिडिरहेका तिनै जनालाई हिजो राती साढे ८ बजे ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई चेकजाँच गर्दा उनिहरुको साथबाट ५३० मिलिग्राम खैरोहिरोईन ब्राउनसुगर, ब्राउनसुगर नाप्ने डिजिटल तराजु २ थान र नगद ५९ हजार समेत फेला पारी बरामद गरेको हो ।

यसरी ब्राउनसुगर सहित पक्राउ परेका तिनै जना उपर जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्