भुटानी शरणार्थीद्वारा स्वास्थ्य सामग्री प्रदान

भुटानी शरणार्थीद्वारा स्वास्थ्य सामग्री प्रदान

दमक

तेस्रो मुलुक पुनर्वास भएका भूटानी शरणर्थीहरुले कोरोना सङ्क्रमितहरुका लागि चाहिने स्वास्थ्य सामग्री सहयोग गरेका छन् । दमक स्थित दमक अस्पताल कोभिड विशेष उपचार केन्द्रलाई पिपीइ, अक्सिजन नाप्ने पल्स अक्सिमिटर, सेनिटाइजर, मास्क लगायतका सामग्री प्रदान गरिएको हो ।

दमकको बेलडाँगी भुटानी शरणार्थी शिविरका पूर्वसचिव टीकाराम रसाइलीको अगुवाइमा ‘आँसु पुछौँ’ नामक सहयोगी संस्था मार्फत रु एक लाख मूल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको शरणार्थी शिविरका अर्का पूर्वसचिव युवराज राईले बताउनुभयो ।

यस्तै संस्थाले अस्पतालमा खटिने प्रहरी, दमक वडा नं २ र ३ का जनप्रतिनिधिलाई स्यानिटाइजर जस्ता स्वास्थ्य सामग्रीसमेत उपलब्ध गराएको छ । सामग्री हस्तान्तरण गर्दै फेन्स क्लब बीआरसीका अध्यक्ष तथा पूर्व शिविर सचिवसमेत रहेका राईले कोरोना सङ्क्रमितको उपचारमा चाहिने भेन्टिलेटर मेसिन खरिद गर्नका लागि रु १० लाख जम्मा गर्ने कार्य भइरहेको जानकारी दिनुभयो ।

यसअघि शरणार्थी बसोबास गरिएको खाली क्षेत्रमा गत वर्ष एचडीयूसहितको ३० शय्याको कोभिड अस्पताल निर्माण गरिएको नगरपालिकाले जनाएको छ । अहिले त्यस अस्पतालमा शरणार्थीसहित दुई दर्जन सङ्क्रमित उपचाररत रहेको नगर स्वास्थ्य शाखाका बद्री बरालले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्