एमाले नेता तथा साहित्यकार खत्रीको निधन

एमाले नेता तथा साहित्यकार खत्रीको निधन

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता तथा साहित्यकार गणेशबहादुर खत्रीको आज ८६ वर्षका उमेरमा निधन भएको छ । सूर्यविनायक नगरपालिका वडा नं ९ नंखेल स्थायी घर भई केही वर्षदेखि काठमाडौँ, बानेश्वर बस्दै आउनुभएका खत्रीको आज बिहान एभरेष्ट नर्सिङ होममा उपचारका क्रममा निधन भएको एमाले भक्तपुरका अध्यक्ष वचन देउजाले जानकारी दिनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजनीति शुरु गर्दै तत्कालीन जिल्ला विकास समितिका सभापति हुनुभएका खत्री २० वर्षदेखि एमालेमा रहँदै आउनुभएको थियो । उहाँले एमालेबाट भक्तपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिए पनि पराजित हुनुभएको थियो ।

विसं १९९२ जेठ १० गते नखेल, शान्तिगाउँमा जन्मनुभएका खत्री साहित्य र समाजसेवामा पनि सक्रिय हुनुहन्थ्यो । भक्तपुरमा साहित्य मन्दिरको स्थापनादेखि सडक, पुलको निर्माण एवं विद्यालय स्थापनामा उहाँले योगदान दिनुभएको छ ।

भक्तपुरबाट १८ वर्षदेखि प्रकाशन हुँदै आएको ‘समय समाज’ साप्ताहिकका संस्थापक अध्यक्ष खत्रीले पत्रकारिता क्षेत्रमा पनि योगदान पुर्याउनुभएको पत्रिकाका अध्यक्ष बालमुकुन्द सुवालले बताउनुभयो ।

जनजागरण निबन्धसंग्रह, रोगको घर, बारुलो र माहुरी, (बालकथासंग्रह र किशोर निबन्धसंग्रह), ए बाउ घर छोडी जाऊ (गीतिकविता संग्रह), हामी अब गर्छौँ (लघु काव्य), परिवर्तित पाइला(नाटक), खुलाल खत्रीको खोज(अनुसन्धानात्मक पुस्तक) लगायत महाकाव्य, कथा, बालगीत, नाटक लगायत उहाँका विभिन्न विधाका १४ कृति प्रकाशित छन् ।

सामाजिक विकृति र विसंगतिविरुद्ध साहित्य मार्फत कलम चलाउँदै आउनुभएका खत्रीलाई साहित्यमा पु¥याएको योगदानको कदर गर्दै विभिन्न संस्थाले सम्मान समेत गरेका थिए । उहाँका चार छोरा र तीन छोरी हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्