महानगरको आईसोलेसनलाई शिक्षादीपको सिलिन्डर र सहकारीको एम्बुलेन्स सहयोग

महानगरको आईसोलेसनलाई शिक्षादीपको सिलिन्डर र सहकारीको एम्बुलेन्स सहयोग

विराटनगर । विराटनगर महानगरपालिकाले विराटनगर–१ भट्टाचौकमा स्थापना गरेको आईसोलेशन सेन्टरलाई शिक्षादीप कलेजले अक्सिजन सिलिन्डर र पोरखिया ऋण तथा बचत सहकारीले एम्बुलेन्स सहयोग गरेका छन् । शिक्षादीप कलेजले एकसय थान सिलिन्डर आज मेयर भीम पराजुलीलाई हस्तान्तरण गरेको छ । कलेजका निर्देशक ज्ञानबहादुर खड्कालले मेयर पराजुलीलाई एकसय थान अक्सिजन ग्यास सिलिन्डर उपलब्ध गराइएको बताउनुभयो ।

यसैगरी पोखिरया ऋण तथा बचत सहकारीको स्वामित्वमा रहेको एम्बुलेन्स समेत संक्रमितलाई ल्याउन र लानका लागि सहज होस् भनेर आईसोलेशन सेन्टरलाई हस्तान्तरण गरिएको छ । सिलिन्डर हस्तान्तरण गर्ने शिक्षादीप कलेजमा मेयर पराजुली समेतको संलग्नता र लगानी छ भने एम्बुलेन्स हस्तान्तरण गर्ने सहकारीको कार्यवहाक अध्यक्ष विराटनगर–१ का वडा अध्यक्ष उद्धव अर्याल हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्