जहदामा गाउँभरी संक्रमित, आईसोलेशन भने खालि

जहदामा गाउँभरी संक्रमित, आईसोलेशन भने खालि

विराटनगर । मोरङको जहदा गाउँपालिकाले कोरोना संक्रमितका लागि भन्दै आईसोलेशन सेन्टर सञ्चालनमा ल्याएको छ । दुर्गा मा.वि. जहदा–५ को भवनमा गत बैशाख ३० गतेदेउख १५ शैयाको आईसोेलेशन सञ्चालनमा ल्याएको हो ।
आईसोलेशन सञ्चालनमा ल्याएपनि अहिलेसम्म तीनजना संक्रमित भर्ना भएका छन् । मेडिकल अफिसरसहित  स्वास्थ्यकर्मी र एकजना सहयोगीलाई गाउँपालिकाले नियुक्ति गरेको छ ।

जहदाका स्वास्थ्य संयोजक राजकुमार दासका अनुसार अहिले आईसोलेशनमा दुईजना संक्रमित राखिएका छन् । तर, गाउँपालिकामा ४२ जना कोरोना संक्रमित रहेका छन् । आईसोेलेशन सञ्चालनमा ल्याएपनि जहदामा संक्रमित भएका नागरिक भर्ना भएर बस्न नमान्ने गरेका हुन् । अहिलेसम्म तीनजनाको ज्यान कोरोना संक्रमणकै कारण गईसकेको दासले बताउनुभयो ।
स्थिति गम्भीर बन्दै गएपछि आईसोलेशन स्थापना गरिएको थियो । उद्घाटन गरेपछि तीनदिनदेखि सहयोगीमा नियुक्ति पाएका प्रमोद मण्डलले संक्रमितका घरघरमा पुगेर घरमा समस्या भए आईसोलेशनमा बस्नका लागि आग्रह गर्दै आएका छन् । तर, संक्रमित भने भर्ना हुन आउने गरेका छैनन् । धेरै समस्या हुनेहरु भर्ना हुन आउने हुन्, स्वास्थ्य संयोजक दासले भन्नुभयो–अन्य त होम आईसोलेशनमै छन् ।

कोरोनाको पहिलो लहरमा समेत जहदाले आइसोलेशन स्थापना गरेको थियो । त्यसरी नै चिकित्सकसहितको टोलि केन्द्रमा खटाएपनि सेवा लिन आउने सेवाग्राही भने अति न्यून संख्यामा रहेका थिए । विराटनगर महानगरपालिकासँग नजिक रहेको जहदाका नागरिकमा स्वास्थ्य समस्या आए यहाँका ठूला अस्पतालमा आउने गरेका छन् । गाउँपालिकाले सामान्य अवस्था रहेपनि घरपरिवारमा सार्नसक्ने संभावना रहेका घरपरिवारका सदस्य संक्रमित भएको अवस्थामा आईसोलेशनमा राख्ने योजना ल्याएको हो ।

कोरोनाको दोस्रो लहरमा अक्सिजन बिनाको आईसोलेशनको खासै काम नहुने भएपनि गाउँपालिकाले पूर्व तयारीको रुपमा विद्यालयको भवनमा आईसोलेशन तयारी अवस्थासहित सञ्चालनमा ल्याएको हो । जटिल अवस्था आएमा तत्काल अक्सिजन प्रवन्ध गरेर संक्रमित राख्न सकिने अपेक्षा गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्