कोसीमा बन्यो ६० शै्याको कोभिड अस्पताल

कोसीमा बन्यो ६० शै्याको कोभिड अस्पताल

विराटनगर । कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गएपछि कोसी अस्पताल परिसरमै नयाँ कोभिड अस्पताल सञ्चालनको तयारी अन्तिम अवस्थामा पु¥याइएको छ । पाँच शै्या भेन्टिलेटरसहित ६० शैया क्षमताको कोभिड अस्पताल बुधबारदेखि सञ्चालनमा ल्याईने भएको हो ।

विराटनगर–१० मा रहेको कोशीको कोभिड–१९ उपचार केन्द्रसहित विराटनगरका निजी अस्पतालमा कडा लक्षणसहितका संक्रमितले शै्या भरिदैं गएका छन् । अस्पतालमै भर्ना गरेर उपचार गर्नुपर्ने संक्रमितका लागि शै्या अभाव हुँदै जाँदा कोसी अस्पताल परिसरको छुट्टै ब्लकमा कोरोना संक्रमितको उपचार गर्ने प्रवन्ध मिलाइएको हो ।

कोसीका मेडिकल सुपरिटेन्डेन्ट डा.चुमनलाल दासका अनुसार पाँच शै्याको भेन्टिलेटर, २४ शै्या एचडीयू र ३२ शै्यामा अक्सिजन सुविधा उपलब्ध रहनेछ । आवश्यकता अनुसार त्यसलाई केहि थपघट गर्न मिल्ने गरिको व्यवस्थापन गरिएको छ ।
संक्रमितलाई राखेर उपचार गर्ने चारवटा कोठामा सिसी क्यामेरा र वाईरिङ्गको काम भईरहेको छ। त्यसैगरी सबै शै्यामा अक्सिजनको पाइप जडानको काम सम्पन्न भईसकेको छ । शौचालय लगायतका आवश्यक संरचनाको केहि काम मंगलबार अबेरसम्ममा सकाएर बुधबारदेखि बिरामी भर्ना गरिने मेसु दासले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्