कोसीको नयाँ कोभिड अस्पताललाई अक्सिजन सिलिन्डरको अभाव

कोसीको नयाँ कोभिड अस्पताललाई अक्सिजन सिलिन्डरको अभाव

विराटनगर । कोरोना संक्रमितको उपचारका लागि स्थापना गरिएको कोसीको कोभिड अस्पतालमा अक्सिजन सिलिन्डरको अभाव खड्किएको छ । कोसी अस्पताल विराटनगर परिसरमै स्थापना गरिएको ६० शै्याको कोभिड अस्पताललाई अक्सिजन सिलिन्डरको अभाव हुने देखिएको हो ।

तत्काल तीनसय सिलिन्डर अक्सिजन आवश्यक पर्ने भएपनि अस्पतालमा ८० थान मात्रै रहेको मेडिकल सुपरिटेन्डेन्ट डा.चुमनलाल दासले जानकारी दिनुभयो । कोभिड अस्पताल सञ्चालनका लागि आवश्यक पर्ने सिलिन्डरको जोहो गर्नुपर्ने भएपछि अस्पतालले स्थानीय प्रशासनसँग आग्रह गरेको छ भने प्रदेश सरकारसँग समन्वय गरिदिन माग गरेको छ ।

कडा लक्षण सहितका संक्रमित भर्ना गर्ने भएका कारण जगेडा अक्सिजन सिलिन्डर स्टेण्ड–बाई राखिनुपर्ने मेसु दासको भनाई छ । कोसीको कोभिड उपचार अस्पतालमा राख्ने सिलिन्डरको खोजी भने स्थानीय प्रशासन गरिरहेको छ । नेपाल रेडक्रस सोसाइटी र केहि उद्योगबाट सिलिन्डर संकलन गरेर कोसीमा राख्ने तयारी गरिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्