एघार लाख क्युबालीले आफ्नै देशमा निर्मित खोप लगाए

<span class='c1'>एघार लाख क्युबालीले आफ्नै</span> <span class='c2'>देशमा निर्मित खोप लगाए</span>

हवाना

क्यारेबियन राष्ट्र क्युबाले कोरोनाभाइरस विरुद्ध आफैंले विकास गरेको खोप ११ लाखभन्दा बढी क्युबालीलाई लगाएको छ । क्युबाका एक जना बरिष्ट अधिकारीले ११ लाख भन्दा बढी व्यक्तिले कम्तीमा एक डोज खोप लगाएको बिहीबार जानकारी दिनुभयो ।

स्वास्थ्य मन्त्रालयका विज्ञान तथा प्रविधि सम्बन्धी निर्देशक एलिएना मोरालेसले कोभिड–१९ विरुद्धको लडाइँमा खोप एउटा अंश भए पनि अरु धेरै काम गर्न बाँकी रहेको बताउनुभयो ।

क्युबामा बिहीबार एकै दिन एक हजार २५२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टी हुनुका साथै छ जनाको मृत्यु भएको थियो । क्युबामा हालसम्म एक लाख २९ हजार व्यक्ति कोभिड–१९ बाट संक्रमित भएका र त्यसमध्ये ८४० जनाको मृत्यु भएको छ ।
क्युबाले हाल कोभिड–१९ विरुद्ध पाँच किसिमका खोपहरु – सोबराना १, सोबराना २, अब्दला, माम्बिसा र सोबराना प्लस– को अध्ययन गरिरहेको जनाएको छ ।

यसैबीच, क्युबामै विकास गरिएको खोप लगाएका हजारौं व्यक्तिले खोप बारेमा आफ्ना धारणा सामाजिक सञ्जालमा राख्न थालेका छन् ।
राजधानी हवाना निवासी जोइला रोड्रिगेजले खोपका कारण दैनिक संक्रमणमा कमी आउने र अस्पताल भर्ना हुने दरमा कमी आउने विश्वास व्यक्त गर्नु भएको छ ।

क्युबा सरकारले यसै वर्षको अन्त्य सम्ममा सम्पूर्ण क्युबालीलाई खोप लगाइसक्ने योजना अघि सारेको छ । क्युबामा करिब एक करोड १० लाख जनसंख्या छ । -सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्