बलभद्र सेवा समिति बिराटनगरले नि :शुल्क खाना खुवाउने अभियानलाई छैटौं दिन पनि निरन्तरता दिदैं

बलभद्र सेवा समिति बिराटनगरले  नि :शुल्क खाना खुवाउने अभियानलाई  छैटौं दिन पनि निरन्तरता दिदैं

बिराटनगर

आकृति रानी फुयल

विश्वव्यापी कोरोनाको महामारिका बीच बिराटनगरमा भएका अस्पतालहरुमा उपचाररत बिरामी तथा कुरुवाहरुलाई नि:शुल्क खाना खुवाउने अभियानलाई बलभद्र सेवा समिति बिराटनगरले आज छैटौं दिन पनि निरन्तरता दिएको छ ।

महामारीका बेला बिभिन्न कारणले अस्पताल भर्ना भएका बिरामी र कुरुवालाई बेलुकीको खाना खुवाउने अभियान आफुहरुले सुरु गरेको यस अभियानमा हालसम्म कुनै बाहिरि सहयोग नआएको बताउदै संस्थाका नवनियुक्त सचिव एपोलो भगतले आफ्नो समितिभित्र रहनुभएका सदस्यहरुले यस महामारीमा खाना खुवाउन सहयोग गरेको जानकारी दिए।

छैटौं दिनसम्म आइपुग्दा अहिले यस समितिले विराटनगरका निजि अस्पतालहरु बिराट नर्सिङ्ग ,बिराट टिचिंग र नोबेलामा गरि दिनको २५० -३०० प्याकेट सम्म खाना र पानि वितरण गर्दै आएको छ र अबको १ -२ दिनमा हामि कोशी अस्पतालमा पनि दिनको ५० प्याकेट खाना वितरण गर्ने भनि अस्पताल संग कुरा भएको छ। आफुहरुले सकुन्जेल सम्म खाना वितरण गरिरहने उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्