ब्राउन सुगरसहित दुई जना पक्राउ

ब्राउन सुगरसहित दुई जना पक्राउ

विराटनगर । झापा मेचीनगर नगरपालिका ६ बद्री टोल स्थितबाट लागूऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका २६ बर्षीय सुमन दनुवार र दमक ५ की २१ बर्षीया समिता राई रहेका छन् ।

लागूऔषध ब्राउन सुगर खरिद विक्री बितरण गरिरहेको भन्ने गोप्य सुचानाको आधरमा सिमा प्रहरी चौकी नकलबन्दा र लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोली उनिहरुलाई लागूऔषध ब्राउन सुगर ५ ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुलाई ईलाका प्रहरी कार्यालय काकडभिट्टामा ल्याई थप अनुसन्धान भईरहेको छ ।

यसैगरी उदयपुर त्रियुगा नगरपालिका ७ धरमपुर स्थितबाट लागूऔषध सहित २ जनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका १९ बर्षीय अमिर खड्का र २० बर्षीय सुरज कार्की रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्