मकवानपुरमा कोभिड सहायता कक्ष सञ्चालनमा

<span class='c1'>मकवानपुरमा कोभिड सहायता</span> <span class='c2'>कक्ष  सञ्चालनमा</span>

मकवानपुर

कोरोना सङ्क्रमितलाई घरघरमै सूचना, जानकारी तथा उपचार सेवा समेत प्रदान गर्न ‘कोभिड सहायता कक्ष’ सञ्चालनमा ल्याइएको छ । उद्योग वाणिज्य सङघ मकवानपुरका पहलमा सङ्घका सचिवालयमा सञ्चालनमा ल्याइएको सो कक्षमा आवश्यक स्वास्थ्यकर्मी तथा सामग्री समेत उपलब्ध गराइएको छ ।

सङ्घका अध्यक्ष कृष्ण कटुवालले सचिवालयमा खटिएका स्वास्थ्यकर्मीले सङ्क्रमितका अवस्थाका बारेमा जानकारी लिने , तत्काल अस्पताल लैजान परेमा अस्पतालमा श्ययाका बारेमा जानकारी दिने तथा सहजीकरण गरिदिने, सङ्क्रमितको घरमै पुगेर उपचार र आवश्यक औषधि दिनुपरेमा खटिने व्यवस्था मिलाइएको जनकारी दिनुभयो । सहायता कक्षमा हाल २५ थान अक्सिजन सिलिण्डर, पिपिई, औषधि तथा पौष्टिक आहार राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्