मोरङ जिल्ला ट्राफिकका प्रमुखसहितमा कोरोना संक्रमण पुष्टि

<span class='c1'>मोरङ जिल्ला ट्राफिकका प्रमुखसहितमा</span> <span class='c2'>कोरोना संक्रमण पुष्टि</span>

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुखसहित छ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । निषेधाज्ञा कार्यन्वयनका लागि डिउटीमा खटिएका ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक चन्द्र खड्कासहित छ जना संक्रमित भएका हुन् ।

जिल्ला ट्राफिक प्रहरीका सई बिनोदकुमार खतिवडाका अनुसार जिल्ला ट्राफिकका छ जनासहित सिआरभी ०९ का २ जना र संसद भवन डिउटी रहेका एकजनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएपछि ट्राफिकका प्रमुख खड्कासहित अन्यलाई आईसोलेशनमा राखिएको छ । ट्राफिकका एकजना हवल्दार र बाँकी सिपाई छन् भने सिआरभी ०९ का सईलाई समेत संक्रमण पुष्टि भएको हो । सिआरभीको उक्त ०९ नम्बर पञ्चमुखीचौकमा रहन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्