पौडी खेल्ने क्रममा डुबेर कानेपोखरीमा एक युवाको मृत्यु

<span class='c1'>पौडी खेल्ने क्रममा डुबेर</span> <span class='c2'>कानेपोखरीमा एक युवाको मृत्यु</span>

कानेपोखरी । मोरङ कानेपोखरी ४ शिवालय पूर्व डाँस खोला नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर एक युवाको मृत्यु भएको छ ।
शनिबार बेलुका करिब ६ बजे पथरी शनिश्चरे ८ मङ्लबारे निवासी २९ बर्षिय बिनोद पाण्डेको पौडी खेल्ने क्रममा वेपत्ता भएका थिए । उनको मृत्युको प्रमाणित आज बिहान शव भेटिएपछी मात्र भएको थियो ।

बेलुकै उनी हराएपछी खोजी कार्य सुरु गरिएको भएप्नि अबेरसम्म नभेटिपछि आइतबार इलाका प्रहरी कार्यालय पथरी, शसस्त्र प्रहरी बल शनिश्चरे र रमाइलो प्रहरी कार्यालयको संयुक्त टोलिले खोजी गरेको थियो ।

त्यसक्रममा बिहान करिब ९ः४५ बजे पोखरीबाट शव निकालेएको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी कृष्ण खड्काले जानकारी दिनुभयो । मृतकलाई हाल पोष्टमार्टमको लागि मङ्लबारे अस्पताल लगिएको छ । घटनाको थप अनुसन्धान भइरहेको पनि डिएसपी खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्