आज एकैदिन १५० जना बढीले गरे सगरमाथा आरोहण

<span class='c1'>आज  एकैदिन १५० जना</span> <span class='c2'>बढीले गरे सगरमाथा आरोहण</span>

काठमाडौं

आइतबार एक पटकमा करिव १५० जना भन्दा बढी आराेहीले सगरमाथाको आरोहण गरेको छ । विहान ५ः०० बजेबाट शुरु भएको आरोहणबाट क्रमस डेढ सय बढीले आरोहण सम्पन्न गरेको आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

शनिबार नै तयारी अवस्थामा चौथो क्याम्प पुगे पनि धेरै हावा चलेका कारण आरोहणमा ढिलाइ भएको उहाँले बताउनुभयो । १० दिन अघि वहराइनका राजकुमार शेख मोहम्मद हमाल अलिफासहितको टोलीले आरोहण सम्पन्न गरेको थियो भने बाँकी आरोहण जेठ १५ मा मात्र गर्ने लक्ष राखेको उहाँले जानकारी दिनुभयो । सोमबार देखि हिमपात हुने बढी हावा चल्ने मौसम भएकाले फेरी एक साता आरोहण स्थगित गरेर जेठ १५ मा मात्र आरोहण गर्ने तयारी थालेको एजेन्सीहरुले जनाएको छ ।

तीन भारतीय आरोही सहितत २५ जना भन्दा बढीले आज विहानै ल्होत्से हिमालको आरोहण सम्पन्न गरेको सम्पर्क अधिकृत श्रेष्ठले जानकारी दिनुभयो । यकिन तथ्याङक सहितको नामावली आउने क्रममा रहेको छ तर आरोहणमा गएका छिटफुट बाहेक सबैले आरोहण सफल रहेको श्रेष्ठले बताउनुभयाे। यस वर्ष ४४ आरोहण दलबाट ४०८ जना आरोहीले सगरमाथा आरोहण अनुमति लिएर तयारी अवस्थामा आधार शिविरमा बसेका छन् । पर्यटन विभागका अनुसार सगरमाथा आरोहण गर्ने यो आरोहीको सङ्ख्या हालसम्मकै उच्च भएको बताएका छन् ।

आरोहीमध्ये ३१५ पुरुष, ९२ जना महिला र एक जना तेस्रो लिंगी आरोही छन् । सगरमाथाबाट मात्र यो सिजनमा ४९ करोड ६१ लाख ३१ हजार ७८७ रुपैयाँ राजस्व सङ्कलन भएको विभागको तथ्याङ्क छ ।
- गोरखापत्र अनलाईन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्