विराटनगर
विश्वव्यापी रुपमा फैलिएको कोरोनाले निम्त्याएको महामारीको समयमा धेरै नेपालीहरु संक्रमणको शिकार हुनुपरेको छ। यति मात्र नभएर बिराटनगरको पछिल्लो तथ्याङ्क हेर्ने हो भने संक्रमण संख्यामा मात्र वृद्धि भएको छैन मृत्युदर पनि बढ्दो छ। संक्रमणसंख्या नियन्त्रण गर्नका लागि सरकारले निषेधाज्ञा जारि गरेको छ। गतवर्षको महामारीपछि भएको लकडाउनमा क्विकर फूड अनलाइन सर्भिसले आफ्ना ग्राहकलाई अत्यावश्यक खाद्यान्न सेवा प्रदान गर्दै आएको थियो जसलाई यसपालिको लकडाउनमा पनि निरन्तरता दिने भएको छ।
सरकारले पुनः निषेधाज्ञा जारि गरेपछि बिराटनगर स्थित क्विकर फुड सर्भिसले आफ्नो अनलाइन सर्भिसमार्फत दैनिक उपभोग्य बस्तु फलफुल, सब्जी, दुग्धजन्य सामाग्री र अण्डाको होम डेलीभरि गर्न थालेको छ । हाल उत्तरमा टंकीसिन्वारी र दक्षिणमा रानी सम्म र विराटनगरको सम्पुर्ण वडाहरुमा आफ्नो सेवाहरु उपलब्ध गराइरहेको क्विकरले न्युनतम डेलिभरी चार्ज तिस रुपैयाँ राखिएको छ।
क्विकरले घरैमा दैनिक सामाग्री वितरण गर्ने हुनाले, अब ग्राहकहरुले बजारमा हुने भिडभाडको चिन्ता लिननपर्ने भएको छ । महामारीको कारणले होम डेलिभरिमा सम्पूर्ण सावधानी अपनाएको र न्यूनतम सम्पर्क उपभोग वितरणको प्राथमिकतामा रहेको कुइकर फूडले कोरोना महामारी रोकथाममा ठुलो भूमिका खेलेको संचालक बताउछन् । यो सेवाले दैनिक उपभोगीय समान पाउन निकै सहज भएको र धेरै किसिमका सामाग्री पाउने भएकाले ग्राहकहरु निकै खुसि भएका छन् ।
कोभिडलाई मध्यनजर गर्दै अनलाइन भकुतानी लागि प्रथमिता दिइएको इ सेवा , फोन पे , खल्ती , मोबाइल बेंकिंग र मास्टर कार्डमार्फत ग्राहकहरुले सामानको भुक्तानी गर्ने दाहालले बताए। विदेशमा रहेका नेपलीहरुले आफ्नो नेपालमा हुने परिवारका लागि मास्टर कार्डको सहायताबाट खरिद गर्ने गरेका छन् ।
तरकारीहरु कहाँबाट ल्याउनुहुन्छ भन्ने हाम्रो प्रश्नमा संचालक भन्छन्,' हामिले कटहरी आसपासका क्षेत्रका तरकारी खेतिबाट ताजा तरकारीहरु ल्याउने गरेका छौं ' जसलाई हामि बिराटनगर महानगरक्षेत्र भित्र ग्राहकको घर आँगन सम्म पुर्याउन थालेका छौं। जसको लागि हामीसंग पर्याप्त मात्रामा जनशक्ति छन्।
महामारीले रेस्टुरा व्यवसायलाई असर गरेको अवस्थामा कुइकर फूडको भूमिका कस्तो रहेको छ?
महामारीका समयमा भौतिक दुरी कायम गर्नुपर्ने बाध्यता छ सबैजनालाई जसकारण उनीहरु होटेलमा जमघट गरि खाना खान सक्ने अवस्था छैन अहिले। होटेल व्यवसायलाई पनि यस महामारीले असर गरेको छ तर आफ्ना ग्राहकको सन्तुष्टिका लागि क्विकर फूडसंगको सहकार्यमा बिराटनगरमा भएका होटेल तथा रेष्टुरेन्टहरुले खाना अनलाइन अर्डरमार्फत सस्तो मुल्यमा खाना एवं दैनिक उपभोग्य सागसब्जी लगायतका खाद्यान्न ग्राहकका घरघरमा पुर्याउने सहयोगी हात भएर क्विकर अगाडी आएको छ।
हरेक दिन कति सम्म अर्डर आउछ त?
हरेक दिन कुइकर फुडलाई दुइ सय भन्दा बढी अडर आउने गरेको छ जसमा हरियो सागसब्जी , लगायत दुग्धजन्य दैनिक उपभोग्य खाद्यान्न सामाग्रीहरुको अर्डर ३० % आउने गरेको छ। महामारीको समय भएकाले सावधानी अपनाउनुपर्ने हुन्छ त्यसैले हामि एकदिन अघिको अत्यावश्यक खाद्यान्न अर्डरलाई भोलिपल्ट मात्र पुर्याउछौ ।
सागसब्जी मात्र डेलिभर गर्नुहुन्छ ?
रेस्टुरा र बेकरीबाट खानेकुरा ग्राहकको घरसम्मै पुर्याउदै आएको क्विकरले अहिले भने महामारीका कारण जारी गरिएको निषेधाज्ञा भएकोले ग्राहकको स्वास्थ्यलाई मध्यनजर गर्दै सागसब्जी ,फलफुल ,तथा दुग्धजन्य पदार्थहरु पनि डेलिभर सुरु गरेको छ र छिट्टै माछामासु पनि डेलिभर गर्ने तयारिमा छौं हामि ।
महामारीको समय भएकाले अहिले आफुहरुले बिराटनगरलक्षित ग्राहकहरुलाई सेवा दिदैं आएको तर स्थिति सामान्य हुदैन गएपछि आफ्नो सेवा इटहरी,दमक ,इनरुवा,धरान लगायत प्रदेश १ का अन्य जिल्लाहरुमा समेत आफ्नो सेवा विस्तार गर्दै लैजाने संचालक दाहालले जानकारी दिए।
क्विकर फुड एप एप्पलको एप स्टोर र गुगलको प्ले स्टोर दुबैमा उपलब्ध छ, अडर गर्नका लागि एप डाउन्लोड वा वेबसाईट https://quikrfood.com लग इन वा सोझै फोन मार्फत खाना अर्डर गर्न सकिने क्विकरका संचालक दिवस दाहालले जानकारी दिए ।