एमालेले ११ जना नेतालाई कारवाही प्रक्रिया अघि बढाउने निर्णय

<span class='c1'>एमालेले ११ जना नेतालाई कारवाही</span> <span class='c2'>प्रक्रिया अघि बढाउने निर्णय</span>

काठमाडौं

सत्तारुढ दल नेकपा (एमाले) ले पार्टीको नीति र हितविरुद्ध विपक्षी गठबन्धनसँग सहकार्य गरेका नेताहरुलाई कारवाही प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको बैठकले पहिलो चरणमा ११ जना नेताहरुलाई स्पष्टीकरणबाट कारवाही प्रक्रिया शुरु गर्ने निर्णय गरेको हो ।

विपक्षी गठबन्धनमा सहयोग गर्ने नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, भीमबहादुर रावल, मुकुन्द्र न्यौपाने, कल्याणी खडका, लक्ष्मी चौधरी, रामकुमारी झाँक्री, पुष्पाकुमारी कर्ण, निरादेवी जैरु, सरला यादव, कलिला खानसहित ११ जना नेतालाई कारवाही प्रक्रिया अघि बढाउने निर्णय भएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले बताउनुभयो ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा समेत गम्भीरतापूर्वक समिक्षा भएको नेताहरुले बताउनुभएको छ । त्यस्तै, कोभिड नियन्त्रणमा सम्पूर्ण ध्यान केन्द्रित गर्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो । -गोरखापत्र अनलाइन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्