प्रदेश सरकारले खोप लुकाएको प्रमुख प्रतिपक्षी काँग्रेसको आरोप

<span class='c1'>प्रदेश सरकारले खोप लुकाएको</span> <span class='c2'>प्रमुख प्रतिपक्षी काँग्रेसको आरोप</span>

विराटनगर । प्रदेश सरकारले कोभिड विरुद्धको खोप लुकाएको नेपाली काँग्रेसले आरोप लगाएको छ । प्रदेश नम्बर १ को नेपाली कांग्रेस संसदीय दलले मुख्यमन्त्री, मन्त्री र माथिल्लो दर्जाका सरकारी कर्मचारीले कोभिसिल्ड भ्याक्सिनको दोस्रो डोजका भायलहरू लुकाएको आरोप लगाएको हो ।

संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले खोप लुकाएको दावीसहित आइतबार विज्ञप्ति प्रकाशित गरेर सरकार गैरजिम्मेवार बनेको बताउनु भएको छ । सरकारले अनुदान सहयोगमा पाएको कोभिसिल्ड भ्याक्सिन कसैको पनि पेवा र दाइजो होइन, यो सर्वसाधारण नागरिकलाई तत्काल उपलब्ध हुनुपर्दछ । सर्वसाधारण जनता भ्याक्सिन नपाएर छटपटाइरहेको बेला आफ्ना नजिकका व्यक्तिहरुलाई मन्त्रालयमन्त्रालयमा बोलाएर खोप लगाउने काम भईरहेको सचेतक कार्कीको भनाई छ ।

मेची अस्पताल, कोशी अस्पताल, प्रदेश ल्याब र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानजस्ता महत्त्वपूर्ण र जिम्मेवार निकायमा समेत पीसीआर परीक्षण बन्द गरिएको भन्दै यसलाई दुर्भाग्यपूर्ण भनिएको छ । पछिल्ला केही दिनयता प्रदेशका प्रमुख अस्पताल र ल्याबमा पीसीआर परीक्षण बन्द गरिएको विज्ञप्तिमा दावी गरिएको छ । प्रदेश सरकारले किटको व्यवस्था गर्न सकेको छैन। परीक्षणलाई गति दिनुपर्ने बेलामा परीक्षण नै नहुँदा नागरिकको स्वास्थ्यमाथि सरकारले नै खेलबाड भईरहेको बताउँदै स्थानीय तहबाट संकलन भई आएका नमूना परीक्षण गर्न छोडिएको विज्ञप्तीमा उल्लेख छ ।

प्रमुख सचेतक कार्कीले प्रदेश सरकारले विराटनगरस्थित नेसनल ट्रेडिङको भवनमा गत वर्ष सञ्चालन गरेको ८० शय्याको कोभिड अस्पताल यस पटक सञ्चालनमा नल्याउनुमा कमिसनको खेल भएको आरोप लगाउनु भएको छ ।
कार्कीले लकडाउनका बेला स्वास्थ्य परीक्षण, अस्पताल निर्माण, आइसोलेसनको व्यवस्था गर्ने, गरिब निमुखा र श्रमिक वर्गलाई राहतको व्यवस्था गर्नुपर्नेमा प्रदेश सरकार कानमा तेल हालेर सुतेको दावी गर्नु भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्