पूर्वसांसद बस्नेतको कोरोनाका कारण निधन

<span class='c1'>पूर्वसांसद बस्नेतको कोरोनाका</span> <span class='c2'>कारण निधन</span>

भोजपुर

भोजपुरका पूर्वसांसद नरेन्द्र बस्नेतको कोरोना सङ्क्रमणका कारण निधन भएको छ । चौरहत्तर वर्षीय बस्नेतको उपचारका क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज बिहान ३ः३० बजे निधन भएको उहाँको पारिवारिक स्रोतले जनाएको छ ।

बस्नेत भोजपुर क्षेत्र नम्बर १ बाट २०४८ सालको संसदीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित बन्नुभएको थियो । उहाँ भोजपुरको दिङ्लामा रहेको षडानन्द सीताराम गुठीको पूर्व अध्यक्ष र अरुण माध्यमिक विद्यालयको पूर्व प्रधानाध्यापक समेत हुनुहुन्थ्यो ।

पछिल्लो समय मोरङको खोर्सानेमा बस्दै आउनुभएका बस्नेत विभिन्न सामाजिक सङ्घसंस्थामा सक्रिय रहनुभएको थियो । बस्नेतका श्रीमती र दुई छोरा हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्