बिराटनगर
आकृति रानी फुयल
यस कोभिड महामारीका समयमा बिराटनगर रानी स्थित तालिम केन्द्र युवा कोभिड-१९ एक्सन टिमले गरिब तथा बिपन्न समुदायका व्यक्तिहरुलाई चामल ,नुन ,तेल आलु जस्ता अत्यावश्यकक खाद्यान्न सामग्रीहरु वितरण गर्ने अभियान सुरु गरेको छ।
भारतको जोगबनीसंग सिमा नाका जोडिएको रानी आसपासका क्षेत्रमा भएका गरिब तथा बिपन्न परिवार जसले आफ्नो दैनिकी ज्यालामजदुरी गरेर गुजारा चलाउने गर्थे तर अहिले माहमारिले निम्त्याएको निषेधाज्ञाबीच न त उनिहरुसंग काम छ न त घर चलाउने पैसा नै त्यसैले आफ्नो समिति अहिले यस्ता व्यक्तिहरुलाई नि: शुल्क खाना खुवाउन लागि परेको समिति अध्यक्ष नरेश कुमार लाभले जानकारी दिए।
आफ्नो यो अभियानमा बिभिन्न मनकारी सहयोगी हातहरुले साथ दिनुभएको छ अध्यक्ष लाभले बताए। रानी स्थित वडा कार्यालयहरु १३ ,१४, १५ र १६ नम्बरबाट मास्क र सेनीटाइजर लगायतका सामग्री सहयोग भएको छ। त्यसैगरी वडा नम्बर ६ का अध्यक्ष एवं युवा समाज नेपालका अध्यक्ष बिजय कामतले त्यस क्षेत्रमा भएका गरिब तथा बिपन्न परिवारलाई एक महिना सम्म दिनको १०० जनालाई नि: शुल्क खाना खुवाउने बाचा गर्नुभएको छ।
अभियानसुरु गरेको आज आठौँ दिन भएको बताउदै आफुहरुले खाना मात्र नभएर संक्रमितको घर साथै त्यस आसपासका क्षेत्रमा सेनिटाइज समेत गर्दैं आएको बताए। यति मात्र नभएर आफुहरुसंग एउटा अटो रिक्सा रहेको छ जसलाई आफुहरुले प्रसुति सेवाको लागि एम्बुलेंसको रुपमा प्रयोग गर्दै आएको कुराको जानकारी दिए।
यस अभियानमा कसकसले सहयोग गर्नुभएको छ त ?
युवा सेवा समाज बिराटनगरका अध्यक्ष बिजय कामत , युवा अभियन्ता फिरोज खान,असलम आलम, खान,तनबिर खान, संजय बिक त्यसैगरी कोशी अस्पतालका हैदर अलि र आफ्नो समितिका सम्पूर्ण सदस्यहरुका साथै बिभिन्न सहयोगी मनका धनिहरु जसले इ सेवा लगातयतका बिभिन्न माध्यामबाट आफुहरुलाई सहयोग गर्नुभएको छ सबैजनालाई धन्यवाद दिदै सम्पूर्ण सहयोगी हातहरुप्रति सहयोगको अपिल समेत गरेका छन्।
इ-सेवा आइडि : ९८४२४३५२२६