विराटनगरका विभिन्न अस्पतालमा १२ जनाको मृत्यु

<span class='c1'>विराटनगरका विभिन्न अस्पतालमा</span> <span class='c2'>१२ जनाको मृत्यु</span>

विराटनगर । कोरोना संक्रमणबाट मोरङमा आज मृत्यु हुनेको संख्या ११ जनाको मृत्यु पुगेको छ । अस्पतालमा उपचारको क्रममा १० र होम आइसोलेसनमा एक जनाको मृत्यु भएको हो ।

नोबेल शिक्षण अस्पतालमा तीन, बूढीगंगा गाउँपालिकामा रहेको विराट शिक्षण अस्पतालमा चार र कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा तीन जना तथा वीपीमा एकजनाको मृत्यु भएको अस्पतालका अधिकारीहरुले बताएका हुन् । मोरङको सुन्दरहरैंचा नगरपालिका–६ की एक महिलाको होम आइसोलेसनमा मृत्यु भएको छ ।

विराट शिक्षण अस्पतालका कोभिड फोकल पर्सन सुनिल देवले पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएको जानकारी दिनुभयो ।
विराटमा विराटनगर महानगरपालिका–४ की ५४ वर्षीया महिलाको मृत्यु भएको छ । २२ वैशाखमा भर्ना भएकी महिलाको सोमबार बिहान मृत्यु भएको हो । विराटनगर–३ का ८० वर्षीय वृद्ध पुरुषको पनि विराटमा मृत्यु भएको छ । जेठ ८ गते भर्ना भएका वृद्धको गएराति १ः५० बजेतिर मृत्यु भएको थियो।

आइतबार दिउँसो झापा भद्रपुरका ५१ वर्षीय र सुनसरीको दुहबी नगरपालिका–११ का ४६ वर्षीय पुरुषको मृत्यु भएको थियो । दुहबीका पुरुष वैशाख २८ गते अस्पताल भर्ना भएका थिए ।भद्रपुरका पुरुष आइतबार नै भर्ना भएका थिए ।
नोबेलमा मोरङको उर्लाबारी नगरपालिका–९ की ५८ वर्षीया महिलाको मृत्यु भएको छ । उपचारका क्रममा उनको मृत्यु बिहान ९ः४० बजेतिर भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।
संखुवासभाको खाँदबारी नगरपालिका–२ की ४५ वर्षीया महिलाको मृत्यु भएको छ । वैशाख ३१ गते भर्ना भएकी उनको सोमबार बिहान ४ बजे मृत्यु भएको हो ।

धनुषाको मिथिला नगरपालिका–११ घर भई विराटनगर–४ मा बस्दै आएका ७२ वर्षीय वृद्धको पनि मृत्यु भएको छ । जेठ ३ गते भर्ना भएका उनको सोमबार बिहान ४स्१५ बजेतिर भएको हो ।
कोशी कोभिड–१९ अस्पतालमा सुनसरीको धरान उपमहानगरपालिका–१७ का ६० वर्षीय पुरुषको मृत्यु भएको छ । उनी जेठ ३ गते भर्ना भएका थिए । यस्तै आइतबार दिउँसो विराटनगर महानगरपालिका–९ का ७६ वर्षीय पुरुष र झापा गौरीगञ्जकी ८४ वर्षीय महिलाको मृत्यु भएको थियो ।

विराटनगरका वृद्ध जेठ ५ गते अस्पताल भर्ना भएका थिए । झापाकी वृद्धा वैशाख ३० गते भर्ना भएकी थिइन् ।
सुन्दरहरैंचा नगरपालिका–६ की ६५ वर्षीया वृद्धा महिलाको बिहान ६ः३० बजेतिर होम आइसोलेसनमा मृत्यु भएको छ । जेठ ५ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी घरमै बसेकी थिइन् । यसैगरी धरानको वीपीमा मोरङ सुन्दरहरैंचा–१० का ७२ वर्षीय पुरुषको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्