सगरमाथा क्षेत्रमा दुई वर्षअघि मृत्यु भएका अमेरिकी आरोहीको शव फेला

<span class='c1'>सगरमाथा क्षेत्रमा दुई वर्षअघि मृत्यु</span> <span class='c2'>भएका अमेरिकी आरोहीको शव फेला</span>

सगरमाथा

सगरमाथा क्षेत्रमा दुई वर्षअघि मृत्यु भएका अमेरिकीको शव भेटिएको छ । विसं २०७६ जेठ १३ गते आरोहण सकेर फर्कने क्रममा मृत्यु भएका क्रिस्टोफर जोन कुलिशको शव शनिबार भेटिएको प्रहरीले जनाएको छ ।

मृत्यु भएका समयमा उनको उद्धारका लागि मौसम अनुकूल नहँुदा सोही स्थानमा छाडिएको थियो । वसन्त याममा आरोहण सकेर फर्कने आरोहीको समूहले उद्धार गरी उक्त शव क्याम्प २ मा ल्याएर राखेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कवित कटवालले जानकारी दिनुभयो । अहिले त्यहाँबाट हेलिकोप्टरमार्फत उद्धारको प्रयास भइरहेको बताइएको छ ।

राहदानी नं ५०९६५१०६२ भएका ६१ वर्षीय कुलिशको क्याम्प ४ मा हृदयाघातका कारण मृत्यु भएको प्रहरीले जनाएको छ । उनी ट्याग नेपाल ट्रेकिङ कम्पनी मार्फत १४ जनाको समूहमा सगरमाथा आरोहणमा गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्