मोरङ कांग्रेसद्वारा प्रधानमन्त्री र राष्ट्रपति विरुद्ध प्रतिरोध आन्दोलनमा उत्रन आह्वान

<span class='c1'>मोरङ कांग्रेसद्वारा प्रधानमन्त्री र राष्ट्रपति</span> <span class='c2'>विरुद्ध प्रतिरोध आन्दोलनमा उत्रन आह्वान</span>

विराटनगर । नेपाली कांग्रेस मोरङले संसद विघटनविरुद्ध राजनीतिक र न्यायिक प्रतिरोध गर्न आह्वान गरेको छ । कांग्रेस मोरङले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलेमतोमा चालिएको संसद विघटन गर्ने कदमको राजनीतिक र न्यायिक रुपमा प्रतिवाद गर्न आह्वान गरेको हो ।

नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूद्वारा हस्ताक्षरित आइतबार प्रेसित विज्ञप्तिमा राष्ट्रपतिद्वारा विधि प्रक्रिया मिचेर प्रधानमन्त्रीको मतियार बनी मध्यरातमा प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनमा मुलुकलाई धमेल्नु कोरोनाबाट प्रताडित जनताको जीवनसँग भोटको सौदाबाजीको सुरुवात भएको उल्लेख छ ।

विज्ञप्तिमार्फत कांग्रेस मोरङले प्रधानमन्त्री र राष्ट्रपतिले चालेको कदमको घोर निन्दा र आपत्तिसमेत जनाएको छ । संसद विघटनविरुद्ध स्थानीय तहदेखि जिल्ला तहसम्म स्वास्थ्य मापदण्ड अपनाएर प्रतिरोधमा उत्रिने मोरङ कांग्रेसका सचिव नागेश कोइरालाले बताए । रोग र भोकले जनता आक्रान्त बनेका बेला प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा जालसाजी गरेको उनले बताए । सचिव कोइरालाले सामाजिक सञ्चालन र भर्चुल माध्यमबाट भए पनि प्रतिकारमा उत्रिन आह्वान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्