मोरङमा जेठ १७ गतेसम्म निषेधाज्ञा थप

<span class='c1'>मोरङमा जेठ १७</span> <span class='c2'>गतेसम्म निषेधाज्ञा थप</span>

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले जेठ १७ गतेसम्म निषेधाज्ञा थप गरेको छ । कोरोना संक्रमणको जोखिम न्युनीकरणका लागी मोरङ प्रशासनले निषेधाज्ञाको समयावधि थप गर्ने निर्णय गरेको हो ।

सोमबार बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले ६ दिन निषेधाज्ञा थप्ने निर्णय गरेको छ । बैठकले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३, संक्रामक रोग ऐन २०२० को दफा २ र कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम जेठ ११ गते राती १२ बजेदेखि लागु हुने गरि जेठ १७ गतेसम्मका लागी निषेधाज्ञा जारी राख्ने निर्णय गरेको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले जानकारी दिनुभयो ।

यसपटक सुनसरी, मोरङ र झापाको निषेधाज्ञामा एकरुपता कायम गर्ने निर्णय समेत गरिएको पोरखेलले दावी गर्नुभयो ।
मोरङमा पहिलोपटक बैशाख १८ गते रातीको १२ बजेदेखि लागु हुनेगरि ७ दिने अल्पकालिन निषेधाज्ञा जारी गरिएको थियो । त्यसपछि बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले निरन्तर निषेधाज्ञाको समयावधि थप गर्दै आएको छ । गत बैशाख ३१ गतेदेखि लागु हुने गरि जारी गरिएको निषेधाज्ञाको समयावधि पनि जेठ ११ गते मङ्गलबार समाप्त हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्