धवलागिरि अस्पताललाई नगरप्रमुखद्वारा ६० थान अक्सिजन सिलिण्डर र पाँच लाख सहयोग

धवलागिरि अस्पताललाई नगरप्रमुखद्वारा ६० थान अक्सिजन सिलिण्डर र पाँच लाख सहयोग

धवलागिरि

कोरोना सङ्कटसँग जुध्न ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले व्यक्तिगत लगानीमा अक्सिजन सिलिण्डर तथा नगद सहयोग गर्नुभएको छ । नगरप्रमुख नेपालीले व्यक्तिगत रूपमा ६० थान अक्सिजन सिलिण्डर र नगद रु पाँच लाख सहयोग गर्नुभएको हो । उहाँले धवलागिरि अस्पताललाई नगदसहित ३० थान अक्सिजन सिलिण्डर सहयोग गर्नुभएको छ भने बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ३० थान अक्सिजन सिलिण्डर सहयोग गर्नुभएको छ ।

कोरोना महामारीमा नागरिकको जीवनरक्षा आफ्नो प्रमुख दायित्व भएको भन्दै उहाँले व्यक्तिगतरूपमा रु पाँच लाखसहित ३० अक्सिजन सिलिण्डर अस्पतालनै पुगेर हस्तान्तरण गर्नुभएको छ । अस्पतालमा अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्री खरिदका लागि नगरप्रमुख नेपालीले धवलागिरि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी रानामगरलाई नगद तथा सिलिण्डर हस्तान्तरण गर्नुभएको हो ।

अक्सिजनले भरिएका ३० सिलिण्डर करिब रु नौ लाखको लागतमा अस्पताललाई प्रदान गरेको उहाँले बताउनुभयो । नगरप्रमुख नेपालीले आफूले व्यक्तिगतरूपमा ६५ थान अक्सिजन सिलिण्डर खरिद गरेकामा ३० थान धवलागिरि अस्पताललाई र ३० थान आफ्नो नगरपालिकाको केन्द्रमा रहेको बुर्तिवाङ प्राथमकि स्वास्थ्य केन्द्रलाई सहयोग गरेको बताउनुभयो । यस्तै आफ्ना नागरिकलाई अत्यावश्यक अवस्थामा भनेर पाँच सिलिण्डर अक्सिजन पोखरामा राखेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्