उद्योगीको सहयोगी टिम, खोपमा औद्योगिक क्षेत्रलाई प्राथमिकता दिन मुख्यमन्त्रीसँग माग

उद्योगीको सहयोगी टिम, खोपमा औद्योगिक क्षेत्रलाई प्राथमिकता दिन मुख्यमन्त्रीसँग माग

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ ले कोरोना संक्रमणका कारण समस्यामा परेका उद्योगी–व्यवसायीका परिवारको उपचार सहजीकरणका लागि समन्वय गर्ने भएको छ । संक्रमित भई अस्पतालमा भर्ना गरिनुपर्ने, अक्सिजन आवश्यक पर्दा सहजीकरण गर्नका लागि सम्पर्क व्यक्ति तोकिएको हो ।

विराटनगरमा मुख्य टिमले सहजीकरण गर्नेगरि प्रदेश १ का १४ जिल्लामै सम्पर्क व्यक्तिहरु तोकिएका हुन् । मोरङमा नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य राजेन्द्र राउत र अनिनाश बोहरा, उद्योग संगठन मोरङका अध्यक्ष सुयेश प्याकुरेल, रमेश राठी, राजन श्रेष्ठ, सुवास आचार्य, भविश श्रेष्ठ र प्रितम खड्कीलाई समस्यामा सहजीकरणका लागि सम्पर्क व्यक्ति तोकिएको छ ।
यसैगरी सुनसरीमा भीम पौडेल, गिरिधानी सापकोटा, विरेन्द्रकुमार साह, सरोज श्रेष्ठ, शिव श्रेष्ठ, जीवन पराजुलीलाई सम्पर्क तोकिएको छ । झापामा ऋषिराज तिम्सिना, प्रकाश शिवाकोटी, बिनोद बस्नेत, इलाममा दिव्या भट्टराई, उदयपुरमा पुष्कर खड्का, गजेन्द्र भगत तोकिनु भएको छ ।

यसैगरी धनकुटामा बिजय सन्तोषी राई, भोजपुरमा धु्रवलाल श्रेष्ठ, पाँचथरमा दिपक नेपाल, खोटाङमा राजेन्द्र लयालुलाई तोकिएको नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश १ का कार्यकारी निर्देशक राधारमण भण्डारीले जानकारी दिनुभयो ।

श्रमिक तथा कामदारलाई खोप व्यवस्था गर्न माग
नेपाल उद्योग वाणिज्य महासंघले कारोना भाइरस नियन्त्रणका उपयोगी मानिएको भ्याक्सिन (खोप) को प्राथमिकतामा औद्योगिक क्षेत्रका कामदार तथा कर्मचारीलाई राख्न माग गरेको छ ।
मुख्यमन्त्री शेरधन राईलाई लिखित नै ध्यानाकर्षण गराउँदै स्वास्थ्यकर्मी, सुरक्षाका निकाय लगायत फ्रन्टलाईनमा काम गर्नेलाई प्राथमिकतामा राखिएझैं उद्योगी व्यवसायी तथा त्यस क्षेत्रमा काम गर्ने कामदारहरुलाई समेत समेट्न माग गरिएको हो ।
संकटको समयमा आपूर्ति प्रणाली सहजीकरण गर्नमा औद्योगिक उत्पादनदेखि बजारीकरणसम्ममा खटिनेहरुलाई खोप चाँडो लगाउनु पर्ने माग गरिएको हो । उद्योगी व्यवसायी तथा त्यस क्षेत्रका कर्मचारीहरुलाई पहिलो प्राथमिकतामा राखी भ्याक्सिन(खोप) दिने व्यवस्था मिलाई सहयोग गरिदिन हुन मुख्यमन्त्री समक्ष लिखित माग गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्