कोभिड हेल्प डेस्क सञ्चालन भएपछि सहज

कोभिड हेल्प डेस्क सञ्चालन भएपछि सहज

हेटौँडा

वाग्मती प्रदेश राजधानी हेटौँडाको मकवानपुरमा कृयाशील विभिन्न सङ्घसंस्थाको संयुक्त पहलमा कोभिड हेल्प डेस्क सञ्चालनमा आएपछि सङ्क्रमीत बिरामीको उपचारमा थपसघाउ पुगेको छ । अक्सिजनको अभाव, उपचारमा समस्या तथा औषधि अभाव नहोस् भनेर उद्देश्यले मकवानपुर उद्योग वाणिज्य सङ्घको कार्यालयमा सचिवालयमा कोभिड हेल्प डेस्क सञ्चालनमा आएको थियो ।

मकवानपुर उद्योग वाणिज्य सङ्घको नेतृत्वमा कोभिड हेल्प डेस्क स्थापनासँगै होमआईसुलेशनमा बसेका कोभिड सङ्क्रमितलाई घरमा पुगी परामर्श सेवा, अत्यावश्यक औषधी वितरण तथा आवश्यकताअनुसार घरमै अख्सिजनसमेत उपलब्ध गराउँदै आईएको हो ।

मानवीय संवेदना, सहकार्य र सहअस्तित्वको भावनाबाट प्रेरित भई मकवानपुरका विभिन्न क्रियाशील सङ्घसंस्थाले कोभिड–१९ न्यूनीकरण अभियान एकीकृतरूपमा सञ्चालन गर्ने उद्देश्यले कोभिड हेल्प डेस्क स्थापना गरेका हो । मकवानपुर उद्योग वाणिज्य सङ्घको कार्यालयमा सचिवालय रहेको डेस्कको संयोजक सङ्घका अध्यक्ष कृष्ण कटुवाल रहेका छन् । हेटौँडा अस्पताल मात्र होइन अन्य अस्पतालमा उपचाररत बिरा मीलाई पनि सहयोग गरिने कोभिड हेल्प डेस्कका सचिवालय सदस्य तथा नारायणी सङ्घ हेटौँडाका महासचिव सरोज खनालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्