अक्सिजन अभाव हुँदा नोबेलमा संक्रमित भर्ना रोकियो

अक्सिजन अभाव हुँदा नोबेलमा संक्रमित भर्ना रोकियो

विराटनगर । आपूर्तिकर्ताले अक्सिजन दिन नसक्ने बताएपछि नोबेल मेडिकल कलेजमा कोरोना संक्रमितको भर्ना रोकिएको छ । अक्सिजन आपूर्ति प्रणाली सहज नहुँदासम्म अल्पकालिन समयका लागि नयाँ संक्रमित भर्ना रोकिएको हो ।

अक्सिजन उत्पादन गर्ने उद्योगमै समस्या आएपछि नोबेलमा अभाव भएको प्रवन्धक नारायण दाहालले जानकारी दिनुभयो ।अस्पतालमा भर्ना भएका सङ्क्रमितलाई अक्सिजनको प्रवन्ध मिलाएका छौं, प्रवन्धक दाहालले भन्नुभयो–तत्काल नयाँ संक्रमित भर्ना चाँहि आज हामीले गर्नसक्ने अवस्था रहेन ।

उद्योगमा आएको खराबी मर्मतपछि बुधबार मध्यान्हदेखि पुनः अक्सिजन रिफिल सुरु भईसकेकोले बिहीबारदेखि नोबेलको आपूर्ति प्रणाली यथावत् स्थितिमा फर्कनसक्ने अनुमान गरिएको छ । हामीले भाजुरत्नबाट अक्सिजन आपूर्ति गर्दै आएका थियौं, त्यहाँको मेशिनमा खराबी आएपछि अस्पताललाई समस्या परेको छ, अहिले १८० सिलिण्डर अक्सिजन जोहो गरेर भर्ना भएका १७५ जना बिरामीलाई सपोर्ट गरिरहेका छौं, प्रवन्धक दाहालले भन्नुभयो ।

करिडोर अन्तर्गत सुनसरीको खनारमा रहेको पथीभरा र मोरङको बूढीगङ्गामा रहेको हिमाल अक्सिजन उद्योगमा समस्या देखिएको छ । त्यहि उद्योगमा उत्पादन भएको अक्सिजन नोबेलमा आपूर्ति हुँदै आएको थियो । अस्पताल प्रबन्धक दाहालले अक्सिजन आपूर्ति सहज नहुँदासम्म संक्रमित भर्ना नलिने बताउनुभयो । बुधबार बिहानबाटै संक्रमित भर्ना लिन छोडिएको छ ।

नोबेलमा अहिले गम्भीर अवस्थाका एक सय ७५ जना सङ्क्रमितको उपचार भइरहेको छ । आईसीयूमा ६३, भेन्टिलेटरमा दुई र हाईफ्लो अक्सिजनमा एक सय १० जनाको उपचार भइरहेको छ । नोबेलले एक सय ९७ बेडको कोभिड अस्पताल सञ्चालन गरेको छ ।
मोरङमा मारुती र हिमाल, सुनसरीमा विनायक, पाथीभरा र दुर्गा उद्योगले अक्सिजन उत्पादन गरिरहेका छन् । सङ्क्रमित ह्वात्तै बढेर सबै उद्योगमा अक्सिजनको माग अत्याधिक भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्