उद्योगीले दोहो¥याए कोभिड–१९ विरुद्धको भ्याक्सिन आयात गर्नदिनुपर्ने माग

उद्योगीले दोहो¥याए कोभिड–१९ विरुद्धको भ्याक्सिन आयात गर्नदिनुपर्ने माग

विराटनगर । निजी क्षेत्रलाई कोभिड विरुद्धको भ्याक्सिन आयात गर्न दिनुपर्ने मागलाई पूर्वका उद्योगीले पुनः दोहो¥याएका छन् । सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगी–व्यवसायीले भ्याक्सिनको सहज आपूर्तिका लागि निजी क्षेत्रलाई सहभागी गराउन माग गरेका हुन् ।

यस अगाडी गत बैशाख २५ गते पूर्वका उद्योगी–वयवसायीले भ्याक्सिन आयातका लागि निजी क्षेत्रलाई सहभागिता गराउन माग गर्दै सरकारको ध्यानाकर्षण गराएका थिए । नेपाल उद्योग परिसंघ, उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र विराट व्यापार संघले पुनः बुधबार संयुक्त विज्ञप्ती प्रकाशित गर्दै आयातको ढोका खोल्नुपर्ने माग उठाएका छन् ।

उद्योगी व्यवसायीले खोप लगाउने सूचीमा औद्योगिक क्षेत्रमा संलग्नहरुलाई प्राथमिकतामा राख्नुपर्ने समेत माग गरेका छन् । उद्योगी–व्यवसायी, कर्मचारी तथा कामदारलाई प्राथमिकतामा राखेर खोप लगाउनु पर्ने माग गरिएको हो । सरकारले कुनैपनि तवरबाट खोप आयात गर्नुपर्नेमा निजी क्षेत्रले जोड समेत दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्