विराटनगरमा अब सहजै पाइन्छ इन्जेक्सन रेम्डिसिभर, आवश्यक पर्नेले हाम्रो अस्पताल प्रा.लि.बाट खरिद गर्न सक्ने सुविधा

विराटनगरमा अब सहजै पाइन्छ इन्जेक्सन रेम्डिसिभर, आवश्यक पर्नेले हाम्रो अस्पताल प्रा.लि.बाट खरिद गर्न सक्ने सुविधा

विराटनगर । कोरोना संक्रमितका लागि चिकित्सकले सिफारिस गर्ने इन्जेक्सन रेम्डिसिभरको विराटनगरमा सहज उपलब्ध गराउन थालिएको छ । विराटनगरस्थित हाम्रो अस्पताल प्रा.लि.बाट इन्जेक्सन रेम्डिसिभर सहज रुपमा उपलब्ध गराउन थालिएको हो ।

औषधी व्यवस्था विभागले तोकेको मूल्य ४९०० सय रुपैँयामा हाम्रो अस्पताल प्रा.लि.मा इन्जेक्सन रेम्डिसिभर उपलब्ध हुन थालेको छ । यसको जानकारी औषधी व्यवस्था विभाग विराटनगर कार्यालय र औषधी व्यवसायी संघले समेत आधिकारिक रुपमा गराएका छन् ।
अस्पतालमा भर्ना भएका संक्रमितका लागि चिकित्सकको सिफारिस अनुसार लगाईने इन्जेक्सन रेम्डिसिभर फार्मेसीहरुमा सहज उपलब्ध नहुँदा आफन्तहरु भौतारिनु पर्दै आएको थियो ।

औषधी व्यवस्था विभाग विराटनगरले सरकारी मूल्यमा सहज रुपमा हाम्रो अस्पताल प्रा.लि.बाट रेम्डिसिभरको बिक्री वितरण हुने जानकारी गराएको छ । औषधी प्राप्ती गर्नका लागि अस्पतालको सिफारिस पत्र, बिरामी पूर्जा, कोरोना संक्रमण पु्ष्टि भएको रिपोर्ट र बिरामीको परिचयपत्र प्रतिलिपी आवश्यक पर्नेछ । औषधी व्यवसायी संघ र औषधी व्यवस्था विभागले दलालको फन्दामा नपरी बिरामीका आफन्तले सोझै हाम्रो अस्पताल प्रा.लि. विराटनगर एयरपोर्टमोड नजिकमा सम्पर्क गर्न सार्वजानिक रुपमा सूचित गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्