विराटनगरका चार अस्पतालका उपचार केन्द्रमा दशजनाको मृत्यु

विराटनगरका चार अस्पतालका उपचार केन्द्रमा दशजनाको मृत्यु

विराटनगर । मोरङका विभिन्न अस्पतालहरुमा कोरोना संक्रमणका कारण थप १० जनाको मृत्यु भएको छ । बिहीबार ४ महिला र ६ जना पुरुषको मृत्यु भईसकेको हो । विराटनगरको नोबेल मेडिकल कलेजमा ५ जना, मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट मेडिकल कलेज र विराटनगरको कोशी अस्पताल कोभिड उपचार युनिटमा २–२ जना, कोशीकै कोभिड–१९ उपचार केन्द्रमा १ जनाको मृत्यु भएको हो ।

नोबेलमा विराटनगर महानगरपालिका–६ का ४५ वर्षीय पुरुषको मृत्यु भएको छ । उपचारका लागि जेठ ४ गते भर्ना गरिएका पुरुषको बुधबार राति १२ः१५ बजे मृत्यु भएको नोबेल शिक्षण अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो ।
त्यस्तै मोरङको मिक्लाजुङ गाउँपालिका–९ का ६० वर्षीय पुरुषको बिहीबार बिहान ८ः१५ बजे मृत्यु भएको छ । उनी जेठ ४ गते भर्ना भएका थिए । मोरङको केराबारी गाउँपालिका–७ का ८४ वर्षीया वृद्धा महिलाको बिहीबार बिहान ५ः३० बजे मृत्यु भएको छ । उनी बुधबार भर्ना भएकी थिइन् । इटहरी उपमहानगरपालिका–१७ का ५५ वर्षीय पुरुषको बिहीबार बिहान १ः३० बजेतिर मृत्यु भएको हो । उनलाई उपचारका लागि जेठ १० गते भर्ना गरिएको थियो ।

सप्तरी घर भएका ३४ वर्षीय पुरुषको पनि नोबेल अस्पतालमै बिहान मृत्यु भएको छ । उनी वैशाख २७ गते अस्पताल भर्ना भएका थिए ।
विराट शिक्षण अस्पताल उपचाररत विराटनगर–६ की ४८ वर्षीया महिलाको बिहान ५ः३५ बजे मृत्यु भएको छ । उनी जेठ ३ गते भर्ना भएकी थिइन् । यस्तै सुनसरीको गढी गाउँपालिका–३ का ६५ वर्षीय पुरुषको पनि राति १२ः२० बजे मृत्यु भएको विराटका कोभिड अस्पताल इन्चार्ज सुनील देवले जानकारी दिनुभयो । उनी जेठ १० गते अस्पताल भर्ना भएका थिए ।

कोशी अस्पतालको कोभिड उपचार युनिटमा उपचाररत विराटनगर–१० का ६५ वर्षीय पुरुषको बिहीबार बिहान ५ बजे मृत्यु भएको छ । उनी जेठ ६ गते भर्ना भएका थिए । सुनसरीको बर्जु गाउँपालिका–४ की ७० वर्षीया महिलाको पनि कोशी अस्पतालमै मृत्यु भएको छ । जेठ ८ गते भर्ना भएकी उनको बिहीबार बिहान ४ बजे मृत्यु भएको हो । कोशी अस्पतालकै कोभिड–१९ उपचार केन्द्रमा विराटनगर–३ की ५६ वर्षीया महिलाको बिहान ४ः४० बजे मृत्यु भएको छ । उनी जेठ ५ गते भर्ना भएकी थिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्