सिसि क्यामारा तोडफोड गर्दै निषेधाज्ञाको बेला विराटनगरमा चोरी

सिसि क्यामारा तोडफोड गर्दै निषेधाज्ञाको बेला विराटनगरमा चोरी

विराटनगर । निषेधाज्ञाको मौका छोपी विराटनगरमा चोरी हुन थालेको छ । विशेष गरी रातको समयमा बजार क्षेत्रमा चोरी हुन थालेको हो । एक साता भित्र विराटनगरमा २ वटा चोरीका घटना बाहिरीएका छन् । विराटनगर १५ स्थित बैंक चौकमा रहेको वाईन आर्ट रक्सीको डिलरमा चोरी भएको छ । विराटनगर १६ घर भई हाल उत्तm स्थानमा कोशी ग्यासको डिलर र पेय पर्दाथको डिलर संचालन गर्दै आएका समिर लामाको डिलरमा चोरी भएको हो ।

गत ११ गते राती ११ बजेको समयमा चोरीमा संलग्नहरुले डिलरको झ्यालको ग्रिल उक्काई पसलमा रहेको ८९ हजार ८ सय ४५ रुपैया चोरी भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । लामाको पसल र ग्यासको डिलर वरपर जडान गरिएका आठवटा सिसि क्यामेरा समेत तोडफोड गरेको संचालक समिर लामाले आवर विराटनगरलाई जानकारी दिए ।
चोरीमा संग्लनहरुले सिसि क्यामारा तोडफोड गरेता पनि उनीहरुको सम्पुर्ण गतिविधी भने हार्ड डिक्समा कैद भएको लामाले बताए । डिलरमा रातको ११ बजे आएको देखिन्छ एक जना युवाले झयालको ग्रिल उक्काएर सिसाको झ्याललाई फोडेर पसल भित्र प्रवेश गरी नगद चोरी भएको दृष्य कैद भएको छ ।

चोरीमा संलग्नहरुको भने सिसि क्यामारामा कैद भएको फुटेज अनुसार खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवत्ता डिएसपी मान बहादुर राईले जानकारी दिनुभयो । यस अघि पुरोनो गुद्री बजारमा रहेका विशाल चिसो पसलमा पनि चोरी भएको थियो । विशाल बाबु उपाध्ययले संचालन गरेको उक्त पसलमा पनि नगद ३० हजार चोरी भएको थियो । त्यसैगरी विराटनगर ११ स्थित बिनोद कुमार लुनियाले संचालन गर्दै आएको महाविर ईलोक्ट्रोनिक्स पसलमा चोरी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्