निषेधाज्ञामा रोकिएको छैन, घिनाघाट–विराटचौक सडक निर्माण

<span class='c1'>निषेधाज्ञामा रोकिएको छैन,</span> <span class='c2'>घिनाघाट–विराटचौक सडक निर्माण</span>

विराटनगर । कोरोना संक्रमण नियन्त्रण तथा न्यूनीकरणका लागि जारी निषेधाज्ञामा पनि विराटनगर घिनाघाट–विराटचौक चारलेन सडक विस्तारको कार्य भने रोकिएको छैन । प्रदेश सरकार गौरव आयोजनामा समेटिएको योजनाको काम केहि समस्याका बाबजुद पनि निर्माणलाई निरन्तरता दिइएको हो ।

जम्मा दुरी २२.१५९ किलोमिटरमध्ये एक अर्ब २० करोड रुपिँया लागतमा निर्माणाधिन २० का दुईवटा प्याकेजमा काम तिव्र रुपमा भईरहेको छ । श्रेष्ठ–रमन–एपेक्स निर्माण कम्पनिले बिराटचौक–नेताचौक र नेताचौक–मिलनचौकका दुईवटा प्याकेजमा काम गरिरहेको छ । बिद्युत र पानीको आपूर्ति प्रणाली व्यवस्थापन गर्नुपर्ने भएका कारण बिराटचौक–नेताचौकको दश किलोमिटर क्षेत्रमा ४८ प्रतिशत मात्रै भौतिक प्रगति भएपनि नेताचौक–मिलनचौकको भौतिक प्रगति ८० प्रतिशत पूरा भएको निर्माण कम्पनिका प्रतिनिधिले जानकारी दिएका छन् ।

विराटचौक–नेताचौकका दश किलोमिटर निर्माणाधिन सडक खण्डका कन्ट्याक्ट मेनेन्जर विवेक कार्कीले एक महिना भित्रै बिद्युतका पोल सार्ने काम सम्पन्न भएमा आगामी दशैंसम्ममा सडकको काम सम्पन्न गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो । साइड क्लियर समयमै नहुँदा हामीले त्यस क्षेत्रमा काम अगाडी बढाउन सकिरहेका छैनौं, कार्कीले भन्नुभयो सव–वेशको काम सकेका छौं, वेशको काम गर्न पोल सारेपछि मात्रै संभव छ । उहाँले निषेधाज्ञाका कारण कर्बस्टोन (डिभाईडर) को काम भने रोकिएको बताउनुभयो । भारतीय मजदुरले मात्रै गर्ने भएका कारण उनीहरु घर फर्किएर आउन नसकेका हुन् ।

भौतिक पूर्वाधार कार्यालय अन्तर्गत निर्माणका लागि बिनियोजन हुनुपर्ने रकम भने गत असारदेखि नै निकासा नभएको कार्कीले जानकारी दिनुभयो । निर्माणको काम रोकेका छैनौं तर उधारो र मजदुरको पारिश्रमिक बुझाउन संकट परिरहेको छ, कार्कीले भन्नुभयो ।
प्रदेश सरकारको लगानीमा निर्माण भईरहेको पहिलो प्रादेशिक सडक आयोजना अन्तर्गत नेताचौक–मिलनचौक खण्डको भौतिक प्रगति ८० प्रतिशत सम्पन्न भएको छ । प्रोजेक्ट मेनेन्जर भरत कार्कीका अनुसार यो दुरीमा सव–बेशको काम सकिएको छ । दुई किलोमिटर दुरीमा मात्रै बेशको काम बाँकी रहेको छ भने ८ किलोमिटर दुरीको एकातर्फी एकलेयर कालोपत्रे भईसकेको छ । दोस्रो साइडमा समेत ४.५ किलोमिटर एकलेयर कालोपत्रे गरिएको मेनेन्जर कार्कीले जानकारी दिनुभयो ।
चारलेनमा विस्तार गरिने सडककलाई वस्ती क्षेत्रमा ६४ मिटर र वस्ती नभएको क्षेत्रमा ५६ मिटरमा सीमा क्षेत्र कायम गरि मध्यभागबाट दुवैतर्फ ३५÷३५ फिट कालोपत्रे गरिने छ ।

पहिलो चरणमा १०–१० किलोमिटरमा विभाजन गरि निर्माणको काम भईरहेको कामको समग्र प्रगति सन्तोषजनक नै रहेको भौतिक पूर्वाधार कार्यालयका प्रमुख राजन रेड्डीले जानकारी दिनुभयो । मिलनचौक–घिनाघाटचौकको २.१९५ किलोमिटर दुरीको काम समेत ठेक्का लागिसकेको छ । त्यस क्षेत्रको प्रारम्भिक चरणको कामहरु धमाधम अगाडी बढिरहेको पूर्वाधार कार्यालयका प्रमुख रेड्डीको भनाई छ । कोरोना संक्रमणको पहिलो र दोस्रो लहरका कारण केहि असहज स्थिति भएका कारण २० किलोटिमर दुरीको निर्माण अवधी आगामी २०७८ असार मसान्तसम्ममा १० किलोटिमर दुरीको काम सम्पन्न हुने अपेक्षा गरिएको छ । बाँकी दश किलोमिटर आगामी कात्तिकसम्ममा र बाँकी २.१९५ किलोमिटरको काम तोकिएकै अवधीमा सम्पन्न हुने दावी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्