प्रदेश १ मा ७९१ जना संक्रमणमुक्त, ७४९ संक्रमित थपिए

प्रदेश १ मा ७९१ जना संक्रमणमुक्त, ७४९ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज ७९१ जना संक्रमणमुक्त भएका छन् । मोरङबाट सबैभन्दा बढी ३२८ जना संक्रमणमुक्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रदेशभर ३४१ महिला र ४५० पुरुष संक्रमणमुक्त भएका छन् । हालसम्मकुल ३४ हजार ५३७जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ७४९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २३२, झापामा २०७, सुनसरीमा १६४, धनकुटामा ३८, उदयपुरमा ३४, संखुवासभामा २५, इलाममा १३, पाँचथरमा ८, ताप्लेजुङमा ३ र प्रदेश १ बाहिरका २५ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ८४ महिला र ८० पुरुष सहित १६४, सुन्दरहरैचामा २४, पथरीशनिश्चरेमा ११, उर्लाबारीमा ८, बुढीगंगामा ६, कटहरी र बेलबारीमा ५–५, ग्रामथानमा ३, मिक्लाजुङ, लेटाङ, धनपालथान र रतुवामाईमा १–१ र स्थानीयतहनखुलेका २, झापाको विर्तामोडमा ५५, कनकाईमा ३६, दमकमा २१, शिवसताक्षीमा १८, मेचीनगर र बुद्धशान्तिमा १७–१७, भद्रपुरमा १२, अर्जुनधारामा १०, बा¥हदशी, गौरीगञ्ज र कमलगाउँपालिकामा ५–५, झापागाउँपालिकामा ४, हल्दिबारीमा २, सुनसरीको इटहरीमा ६४, धरानमा ४६, दुहवीमा २९, इनरुवामा ११, बराहक्षेत्रमा ५, भोक्राहानरसिंह र कोशीगाउँपालिकामा २–२, रामधुनी, देवानगञ्ज, हरिनगर, गढी र स्थानीयतहनखुलेका १–१ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरि धनकुटाको धनकुटा नगरपालिकामा २६, पाख्रिवासमा ८, शहिदभूमी र छथरमा २–२,उदयपुरको त्रियुगामा २९, बेलका र स्थानीयतहनखुलेका २–२, उदयपुरगढीमा १, संखुवासभाको पाँचखपनमा २१, खाँदबारीमा ३, स्थानीयतहनखुलेका १, इलामको इलामनगरपालिकामा ६, माई नगरपालिकामा ५ र सुर्योदयमा २, , पाँचथरको तुम्वेवामा ६ र स्थानीयतहनखुलेका २, ताप्लेजुङमा ३ र प्रदेश १ बाहिरका २५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ माकोरोना संक्रमितको संख्या ५५हजार ६७६पुगेको छ ।सक्रिय संक्रमितको संख्या २० हजार २९८पुगेको छ । प्रदेश १ माआज १हजार ९४५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ३३५ महिला र ४१४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्