बेलबारीले खोप किन्न स्वास्थ्य मन्त्रालयसँग माग्यो स्वीकृति

बेलबारीले खोप किन्न स्वास्थ्य मन्त्रालयसँग माग्यो स्वीकृति

बेलबारी । मोरङको बेलबारी नगरपालिकाले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसख्या मन्त्रालयसँग स्वीकृति मागेको छ । नगरले आफ्ना नागरिकका लागि ८० हजार डोज खोप आफैं खरिद गर्ने जनाउँदै मन्त्रालयमा पत्रचार गरेको हो ।

नगर प्रमुख ज्ञानेन्द्र सुबेदीले दुई चरणमा खोप उपलब्ध गराइदिन माग गरिएको बताउनुभयो । पहिलो चरणमा १८ वर्षदेखि ४० वर्षसम्मका नागरिकको लागि ४० हजार र दोस्रो चरणमा ४० हजार डोज खोप खरिदको स्वीकृति लागि माग गरिएको नगर प्रमुख सुबेदीले बताउनुभयो ।
मन्त्रालयले स्वीकृति दिएलगत्तै प्रक्रिया थालेर खोप ल्याइनेछ । नागरिककलाई बचाउन जसरी भएपनि खोप किन्नैपर्ने आवश्यकता भएकोले मन्त्रालयले स्वीकृति दिए खोप ल्याउने प्रक्रिया थाल्ने उनले बताए ।

नगरपालिकाले अक्सिजनसहितको आइसोलेसन निर्माण गरेको छ भने आफ्नै एम्बुलेन्स तथा अन्य केहि संघ संस्थाका एम्बुलेन्ससमेत लिएर कोराना संक्रमितहरुलाई निःशुल्क सेवा प्रदान गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्